प्रमोद खरेल र दिपक मैथानेको ‘बैगुनी’ सार्वजनिक (भिडियो)

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

काठमाडौं : कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन्। लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीतमा मैथानेकै शब्द श्रृजना रहेको छ भने म्यूजिक र अरेन्ज बिलन थापा मगरले गरेका छन्। नेपालको गुल्मीमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका मैथाने व्यस्थ समयका बावजुत पनि निरन्तर समर्पित छन्।

बेलायतमा छायांकन गरिएको भिडियोमा वरिष्ठ कलाकार मनिष श्रेष्ठ, पहिलो मिसेस युके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय रहेको छ। ‘बैगुनी’को निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन्। करिब डेढ दशकदेखि पत्रकारिता सँगसँगै भिडियो निर्देशनमा पाइला चालेका निर्देशक कुशलकै छायांकन र सम्पादन रहेको भिडियोको कलरिङ् नवीन निरौलाले गरेका हुन्।

बेलायतका रमणीय र प्रसिद्ध स्थानहरुमा छायांकन गरिएको भिडियोमा प्रेम बिछोडमा हुने विभिन्न ढङ्गबाट निर्देशक कुशलले गज्जबसँग भिडियोमा देखाएका छन्। 
साउथ ह्यारोस्थित हाम्रो चौतारी रेष्टुरेन्टमा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले भिडियो सार्वजनिक गरेका हुन्। 

© 2022 All Right Reserved DiasporaNepal