जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्न अनुमति

१ वर्ष अगाडि

डायस्पोरा नेपाल

पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डले पछिल्लो समय ५ वटा जलविद्युत कम्पनीलाई साधारण सेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्ममा ५ जलविद्युत कम्पनीहरुलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो ।

बोर्डले दिएको जानकारी अनुसार गत कात्तिक २९ गते एसियन हाइड्रोपावरलाई ११ लाख ८० हजार कित्ता आईपीओ जारी गर्न अनुमति दिइएको छ । यो कम्पनीले आयोजना प्रभावित स्थानी र सर्वसाधारणको लागि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले कुल चुक्ता पुँजीको ३४.७१ प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई विक्री गर्नेछ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता सय रुपैयाँ तोकिएको छ ।

मंसिर १ गते भने बोर्डले ४ वटा जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको छ । यसरी एकैदिन अनुमति दिइएका कम्पनीहरुमा सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मायाखोला हाइड्रोपावर र शुभव पावर कम्पनी रहेका छन् ।

यी कम्पनीमध्ये सुपरमाईले १० लाख कित्ता आईपीओ जारी गर्न लागेको छ । यो सेयर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि हो । कम्पनीको कुल चुक्ता पुँजीको २० प्रतिशत सेयर आयोजना प्रभावित र सर्वसाधारणलाई विक्री गर्न लागिएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा आईपीओ जारी गर्न लागेको छ । 

सुपर मादीले ३१ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको छ । यो सेयर कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि हो । कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत सेयर जारी गर्न लागिएको छ । सुपर मादीले प्रतिकित्ता एक सय रुपैयाँको दरमा आईपीओ जारी गर्न लागेको छ । 

धितोपत्र बोर्डले मायाखोला हाइड्रोपावरलाई पनि आईपीओ जारी गर्न अनुमति दिएको छ । कम्पनीले ३४ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । यो सेयर आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि जारी गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरमा आईपीओ जारी गर्नेछ ।

बोर्डले आईपीओ जारी गर्न अनुमति दिएको शुभम पावरले ५ लाख ८० हजार ५८० कित्ता आईपीओ जारी गर्नेछ । यो सेयर सर्वसाधारणको लागि मात्रै हो । कम्पनीले पहिला नै आयोजना प्रभावितलाई सेयर विक्री गरिसकेको छ । कम्पनीको चुक्ता पुँजीको २९ प्रतिशत सेयर सर्वसाधारणलाई विक्री गर्न लागिएको छ । शुभम पावरको आईपीओ प्रतिकित्ता एक सय रुपैयाँमा जारी हुनेछ ।

© 2022 All Right Reserved DiasporaNepal