बेक्स्ली नेपाली समाज युकेले तीज मनायो

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

नेपाली नारीहरूको चाड हरितालिका तीज यस वर्ष पनि बेक्स्ली नेपाली समाज युकेले नेपालको झल्को मेटाउने गरि मनाएको छ। आइतबार फ़ाल्कन उड हलमा बेक्स्ली निवासी दिदीवहिनीहरुले नाचगान गरेर रमाइलो गर्दै तीज मनाएका हुन् ।
कार्यक्रममा नेपालबाट बेलायत भ्रमणमा रहेका हरिहर खनाल विशेष अतिथिका रुपमा उपस्थित थिए । समाजका अध्यक्ष आनन्द धरेलले तीजको शुभकामना दिए ।
कार्यक्रममा युवायुवतीहरूले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने संस्थाका महिला सदस्यहरूले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालबाट आएकी गायिका भूमिका शाह तीजको गित तथा दोहोरी गित गाएर सबैलाई नचाइकी थिइन्। कार्यक्रममा बिशाल थापाको डि जेले संगीतिक माहोल बनाएका थिए ।

कार्यक्रम महासचिव केदार थपलियाले संचालन गरेका थिए । कार्यक्रमको अन्तिममा संयोजक बिजेता गौतमले सबैलाई धन्यवाद दिईन् ।

© 2022 All Right Reserved DiasporaNepal