पिटरबरो नेपाली समाजले मनायो तीज

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

पिटरबरो नेपाली समाजले यहि १७ अगस्ट  बुधबारका दिन तीज पार्टी सम्पन्न गरेको छ। 

बिशुद्ध रुपले पिटरबरो र आसपासमा बस्नुहुने नेपाली दिदिबहिनीहरुलाई मनोरञ्जन र शुभकामना आदानप्रदान गर्न गराउनको लागि आयोजित उक्त कार्यक्रम गरिएको हो ।  उक्त  कार्यक्रमको संचालन एकता भन्डारीले गरेका  थिए ।  समाजका उपाध्यक्ष संगिता कोईरालाले कार्यक्रममा उपस्थित सम्पुर्ण दिदिबहिनी हरुलाई स्वागत गरिन ।  

उपस्थित सम्पुर्ण दिदिबहिनीहरु लाई हरितालिका तिजको शुभकामना ब्यक्त गर्दै समाजका अध्यक्ष हरिहर भट्टराईले यस्ता नेपाली चाडपर्व हरुमा आयोजना गरिने कार्यक्रमहरुले नेपाली कला र संस्कृतिको जगेर्ना गर्नुका साथै हामी बिदेशमा बस्ने नेपाली हरुका आउँने पुस्ताहरुमा हाम्रो मौलिक परम्परा हस्तान्तरण हुँदै जाने बिस्वास ब्यक्त गरे ।  

साथै पिटरबरोमा बसाई सरेर आउनुभएका नयाँ दिदिबहिनी हरु र उहाँहरुका परिवारलाई समाजको तर्फबाट पिटरबरोमा स्वागत पनि गरेको थियो ।  

समाजका महासचिव कृष्ण लुइँटेलले आउँदो अक्टोबर ३  सोमबारका दिन समाजले विजयादशमी तथा दिपावलिको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रममा सकेसम्म राष्ट्रिय कलाकारहरु ल्याउने कुराको जानकारी गराए ।  

दिदिबहिनीहरु सहभागी उक्त कार्यक्रममा एकता भन्डारी र सोनिशा भट्टराईले संयुक्त नृत्य प्रस्तुत गरेका थिए ।  

दिदिबहिनीहरुका बिचमा खेलाईएको म्युजिकल चेयर खेल अत्यन्तै मनोरञ्जनात्मक रहेको कुरा कार्यक्रमका सहभागीहरुले बताए।

कार्यक्रममा राफेल चिट्ठा पनि खेलाईएको थियो।

सांझ ५:०० बजे सुरु भै राती १० बजे सम्म चलेको उक्त कार्यक्रममा उपस्थित दिदिबहिनी हरुले नाचगान गरि मनोरंजन गरेका थिए।

कार्यक्रम पिटरबरो टाउनमा रहेको गोर्खा दरबार रेस्टुरेन्टमा सम्पन्न भएको थियो।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us