एनआरएनए निर्वाचनको प्रस्तावित मिति परिवर्तन हुने संकेत

३ वर्षs अगाडि

डायस्पोरा नेपाल


लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को अक्टोबर २३-२५ मा हुने १० औं महाधिवेशन अन्योलमा परेको छ । निर्वाचन समितिले गत अक्टोबर १७ मा निर्वाचन गराउन तयारी अवस्थामा रहेको विज्ञप्ती जारी गरेपनि डेलिगेट्स विवाद समाधान नभएपछि अक्टोबर २० लाई टार्गेट गरिएको निर्वाचन अन्योलमा परेको हो ।

एनआरएनए निर्वाचन समिति स्रोतका अनुसार संघ अध्यक्ष कुमार पन्त सँग डेलिगेट्स विवाद एक वा दुई दिन भित्र समाधन गर्न नसके केही साता निर्वाचन सार्नु पर्ने प्रस्ताव राखेका छन । जवाफमा अध्यक्ष पन्तले टुंग्याउन आफु लागिरहेको जानकारी दिएका छन । यद्यपी, निर्वाचन समितिले औपचारिक रुपमा केही बोलेको छैन ।
संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा जुटिरहेको छ । गैरआवासीय संघको गत जनवरी २०२० मा गरिएको विशेष महाधिवेशनले विधान संशोधन गरेको थियो । उक्त संशोधनमा पुराना कार्यसमितिले ६५ प्रतिशत, निर्वाचनबाट २५ प्रतिशत र नवनिर्वाचित कार्यसमितिले बिभिन्न मापदण्डका आधारमा १० प्रतिशत डेलिगेट्स छान्नु पर्ने प्रावधान विवाद परराष्ट्रमा पुगेको छ ।

संशोधित विधानको २४.१ अनुसार निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली १५ अगष्ट भित्र सचिवालयमा आइसक्नु पर्नेमा विवाद भएको छ । उक्त उजुरी माथि एनआरएनए अध्यक्ष कुमार पन्त र परराष्ट्र मन्त्रालयका अधिकारीहरुले समस्या समाधानका लागि वार्ता गरिरहेको छ । निर्वाचन समिति सदस्य चिरन्जीवि ढकालले केही दिनमा निर्वाचन समितिले निर्धारित मितिमा निर्वाचन गर्ने वा नगर्ने बारेमा स्पष्ट निर्णय गर्ने बताए ।
चार वटा मुलुकहरु अमेरिका, बेलायत, जापान र अष्ट्रेलियामा देखिएको डेलिगेट्स विवाद विस्तारै अन्य मुलुकमा फैलिदै गएको छ । जसका कारण थप जटिल बनिरहेको छ । संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुदैछ । आफ्ना सम्पर्क माध्यम फोन र इमेल अध्यावधि गराउन र सेल्फि तस्बिर अपलोड गर्न सबै मतदातालाई निर्वाचन समितिले अनुरोध गरेको छ ।
अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे ९जापान० रहनुभएको छ । निर्वाचन समितिका सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कत), डा. गणेश गुरुङ्ग (नेपाल) छन् ।

© 2022 All Right Reserved DiasporaNepal