अभिभावकीय र तटस्थ भुमिका निर्वाह गरिरहेको लण्डन दुतावासलाई विवादमा तान्ने प्रयास

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


लण्डन। बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको अपमान हुने गरी केहि व्यक्ति र संघ-संस्थाहरुले विज्ञप्ति जारी बिबादमा पर्ने दुस्प्रयास गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिवार अल्डरशटमा आयोजित एक बिबादास्पद भेलामा राजदुत आचार्य अनुपस्थित भएपछि आचार्य बिरुद्ध विज्ञप्ति जारी गर्दै नेपाली दुतावास लण्डन र राजदुत आचार्यलाई विवादमा तान्ने कोशिस गरिएको हो ।
एनआरएनए युकेका वहुमत कार्यसमितिले बहिष्कार गरेको विवादित कार्यक्रममा राजदुत अनुपस्थित भएपछि आफ्नो स्वार्थमा दुतावास विरुद्ध विज्ञप्ती जारी गर्न लगाइएको बताइन्छ । एनआरएनए यूकेको शनिबार अल्डरसटमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिको रुपमा सहभागी हुने सुचना सम्प्रेषित गरिएपनि गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु तथा एनआरएनए यूकेका २४ जना पदाधिकारी तथा सदस्यहरुले सो भेला बहिस्कार गरेपछि राजदूत आचार्य तटस्थ बसेका थिए ।
स्रोतका अनुसार गैरआवासीय नेपाली संघलाई बिभाजन गरेर नेपाल सरकारबिरुद्ध उभिएका संघका पूर्वअध्यक्ष शेष घले प्रमुखअतिथि हुने भए पछि राजदुत आचार्य कार्यक्रममा नजाने निधो गरेका थिए ।

बेलायतका विभिन्न ३२ वटा संस्थाका अध्यक्ष एवं प्रतिनिधिले हस्ताक्षर गरेको वक्तव्यमा राजदूत आचार्यले निमन्त्रणा स्वीकार गरिसकेको कार्यक्रममा अन्तिम समयमा पूर्व जानकारी बिना अनुपस्थित भएर कार्यक्रमका आयोजक एवं सहभागी सबैलाई अपमानित गरेको आरोप लगाइएको छ।

बेलायतवासी सम्पूर्ण नेपालीको अभिभावक हुनुपर्ने राजदूतलाई उनीहरुले आयोजना गरेको स्वार्थ समूहको भेलामा उपस्थित भएर राजदूत साक्षी नबसे पछि उनीहरुले आक्रोश पोखेका हुन् ।

बेलायतमा नेपालका जिल्ला-जिल्ला , टोल-टोलका नाममा खुलेका ५ सय भन्दा बढी संघसंस्था रहेको अनुमान गरिएको छ। कतिपय त्यस्ता संघसँस्था आफ्नो उद्देश्य प्राप्तको लागि भन्दा आसन, भाषण र विवादस्पद बिज्ञप्ति लगायतका गतिविधिमा संलग्न हुने गरेका छन् ।

विज्ञप्ती जारी गर्नेमा एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर, संरक्षक शेरवहादुर सुनारसहित ३२ संस्थाहरु छन ।

blank
blank
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us