बेलायतमा ग्रीष्मकालीन मुक्तक मेला २०२२ सम्पन्न

२ वर्षs अगाडि

कुमार केसी

blank


लन्डन । नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाको आयोजनामा गृष्मकालीन मुक्तक मेला २०२२ सम्पन्न भएको छ । नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यता तथा नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाका अध्यक्ष आर एनको बिशेष उपस्थितीमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाल, कोरिया र बेलायतका गरी करीब दुई दर्जन मुक्तककारहरुको सहभागीता रहेको कार्यक्रमका संयोजक तथा प्रतिष्ठानर्का उपाध्यक्ष प्रतिमा केसीले बताइन् ।
कार्यक्रम संचालन समेत रहेकी प्रतिमा केसीको स्वागत सगै सुरु भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष कोनेले आफ्ना ओजपूर्ण मुक्तक वाचन गरे । उनले नेपाली साहित्यको विकासमा बेलायत शाखाले गरेको हरेक गतिविधीको प्रसंशा गरे । कोनेले बेलायत शाखाले प्रकाशन गर्न थालेको वरिष्ठ साहित्यकार सरु भक्तको मुक्तक संग्रह र प्रणय दिवशमा प्रस्तुत गरिएको मुक्तकहरुको प्रकाशनको चर्चा गरेका थिए ।
त्यसैगरी कोरिया शाखाका अध्यक्ष्य आर एनले कार्यक्रमको सफलताको कामना गर्दै आफ्ना मुक्तक वाचन गरे । कार्यक्रममा सहभागीले ४ ४ वटा मुक्तक सृजना वाचन गरेका थिए । मुक्तक प्रतिष्ठान बेलायतका अध्यक्ष्य दुर्गा प्रसाद पोख्रेल, उपाध्यक्ष केसी, कोषाध्यक्ष राज श्रेष्ठ, वरिष्ठ सल्लाहकार डा. रुपक श्रेष्ठ, सदस्यहरु कुमार केसी, नानु राना थापा, गंगा भण्डारी, रबिन्द्र जोशी, भरत लोहोरुंग राई, जीत बुढाथोकी छन्त्याल, मोहन आचार्य ‘जलद’, अहिल्या कुँवर, बम गुरुङ र नेपालको तनहुँबाट आकाश अधिकारीको सहभागीता रहेको अध्यक्ष पोख्रेलले बताए ।
बेलायतमा मुक्तक प्रतिष्ठानले निकट भविष्यमा मोती जयन्तीको उपलक्ष्यमा मुक्तक तथा गजल वाचन कार्यक्रम गर्ने भएको कुरा वरिष्ठ सल्लाहकार रुपक श्रेष्ठले बताए । उपस्थित सबैलाई धन्यवाद दिदै अध्यक्ष पोख्रेलले कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको प्राबिधिक संयोजन प्रतिष्ठानका सदस्य कुमार केसीले गरेका थिए ।
उक्त कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरु हालै सम्पन्न अन्तरराष्ट्रिय नेपाली साहित्य समाज बेलायत शाखामा निर्वाचित भएकोमा अध्यक्ष राज श्रेष्ठ, सह कोषाध्यक्ष प्रतिमा केसी, कार्य समिती सदस्य कुमार केसी र सदस्य रबिन्द्र जोशीलाई अध्यक्ष दुर्गा प्रसाद पोख्रेल तथा वरिष्ठ सल्लाहकार डा. रुपक श्रेष्ठले बधाई ज्ञापन गरेका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us