कन्जरभेटिभ नेताको प्रतिस्पर्धा : सुनाक र ट्रस मध्ये एक भावी प्रधानमन्त्री

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

Pic: New Statesman
बेलायतको प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीको नेताको दौडमा ऋषि सुनाक र लिज ट्रसबिच भावी नेता तथा प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा हुने भएको छ । बुधबार दिउँसो भएको मतदानमा पेनी मोर्डेंटलाई पछि पार्दै सुनाक र ट्रस पहिलो र दोस्रो भएका हुन् ।

सुनाकले सबै भन्दा बढी १३७, ट्रसले ११३ र पेनीले १०५ ल्याएकी थिइन्। थोरै मत आएका कारण पेनी प्रतिस्पर्धाबाट बाहिरिएकी छिन् । कन्जरभेटिभ पार्टीको नयाँ नेता चुन्नका लागि सांसदहरूबीच चरणबद्ध मतदानमा दुवै जना प्रतिस्पर्धाका लागि योग्य हुन सफल भएका हुन् ।

कन्जरभेटिभ पार्टीका एक लाख ६० हजार सदस्यहरूले पोस्टल भोटमार्फत नयाँ नेता चुन्नेछन् । विजयी उम्मेदवारले पार्टीको नेताको साथै प्रधानमन्त्री पद पनि सम्हाल्नेछन् । नयाँ प्रधानमन्त्रीको घोषणा ५ सेप्टेम्बरमा हुनेछ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us