कन्जरभेटिभ पार्टी नेता प्रतिस्पर्धा : ऋषि सुनाक अग्रस्थानमा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

तस्बिर : स्काई न्युज

लण्डन । बेलायतका पूर्व अर्थमन्त्री ऋषि सुनाकले कन्जरभेटिभ पार्टीको नेता तथा आगामी प्रधानमन्त्री बन्नका लागि गरिएको मतदानको तेस्रो चरणमा प्रवेश गरेका छन् । पार्टी सांसदहरुले गरेको मतदानमा उनले १०१ मत प्राप्त गरेका छन् । उता वाणिज्य मन्त्री पेनी मोर्डेंटले ८३ भोट पाइन् भने विदेश सचिव लिज ट्रसले ६४ मत प्राप्त गरिन् ।

यसैगरी, केमी ब्राडरचले ४९, टम टुगनढाटले ३२ पाए । यो प्रतिस्पर्धाबाट सुयला ब्रेभरम्यान बाहिरिएकी छिन् । कञ्जरभेटिभ पार्टीको ब्याकबेञ्चर कमिटी १९२२ का अध्यक्ष सर ग्राहम ब्रेडीले नतिजा सुनाए ।

आगाम िसोमवार अर्कौ चरणको मतदानमा दुई जना उम्मेदवार बच्नेछन् । त्यसपछि १ लाख ६० हजार टोरी सदस्यहरूले कुनै एक उम्मेदवारलाई कन्जरभेटिभ पार्टीका नेता र बेलायतका अर्का प्रधानमन्त्रीको रूपमा चयन गर्नेछन् । ५ डिसेम्बरमा नयाँ प्रधानमन्त्रीको घोषणा हुनेछ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us