जनसम्पर्क समिति यूके : चक्रीय प्रणाली बारेमा छुट्टाछुट्टै धारणा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

चक्रिय प्रणाली खारेजीको निर्णय नभएको : अध्यक्ष युवराज सिंह  

कोपिला सुब्वाको अनुपस्थित !
लण्डन । नेपाली जनजसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को बैठकले गत बर्ष समितिको पाँचौं अधिवेशनले चक्रीय प्रणालीको आधारमा चार जनाले एक–एक बर्ष नेतृत्व गर्ने निर्णयलाई खारेज गरेको छ । पूर्व सभापतिहरु महेश कुमार दाहाल र युवराज सिंहसमेत उपस्थित बैठकले नेपाली काँग्रेसको कुनै पनि तहको विधिविधानमा आजसम्म कहीं कतै चक्रीय प्रणालीको व्यवस्था र अभ्यास नभएको र नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमितिले समेत उक्त निर्णय खारेज गर्न निर्देशन प्राप्त हुँदा बैठकले उक्त निर्णय खारेज भएको हो ।

बैठकको यस निर्णय अनुसार अब बाँकी कार्यावधि वर्तमान सभापति युवराज गुरुङले नै गर्ने भन्ने सहमति भएपनि बैठकमा अनुपस्थित पूर्व उपसभापति कोपिला लिम्बूलाई पनि सहमति गराएर पार्टीको मूल धारमा ल्याउने युवराज गुरुङ, महेश दाहाल र युवराज सिंह तीनै जनाले प्रयास गर्ने प्रतिवद्ता जाहेर गरका छन् ।

एनपीसीसी यूकेको वर्तमान कार्यसमितिको जुन १० आइतबार फेल्थामको केटीएम रक्समा बसेको दोश्रो बैठकले समितिको रिक्त बिभिन्न पदहरु पूर्ति गरी समितिलाई पूर्णता दिएको हो ।

 समितिका सभापति युवराज गुरुङको अध्यक्षतामा बसेको बैठकले जनसम्पर्क समिति बेलायतको मौजुदा विधान साथै नेपाली काँग्रेसको विधान तथा पार्टीको केन्द्रीय नियमावली धारा २१, उपधारा ७, घ बमोजिम बेलायतमा रहेका नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुमध्येबाट २० जनालाई नेपाली जनसम्पर्क समिति बेलायतको बिभिन्न पदहरुमा नियुक्ति गर्यो । बैठकमा सभापति युवराज गुरुङलाई गत २२ फेब्रुवरी २०२२ मा फेल्थाममा बसेको प्रथम बैठकले जिम्मेवारी प्रत्यायोजन गरेबमोजिम उपसभापतिमा इन्द्रमान गुरुङलाई र सहमहामन्त्रीमा क्षमता ढकाल, खड्ग चेम्जोङ र टपेन्द्र राईलाई नियुक्तिको लागि गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारीत गर्यो ।

त्यस्तै कार्यसमितिको मनोनित सदस्यहरुको रिक्त पदमा थर्क राज जिमी, प्रितम गुरुङ, असल लिम्बू, प्रदीप बान्तवा, प्रमिला केसी, नेरन्द्र तुम्बापो, योगेन्द्र विक्रम तावा, ईश्वर गुरुङ, मन कुमार राई, शिव कुमार राई, धु्रब गुरुङ र पूर्ण कुमार क्षेत्रीलाई नियुक्त गरी जनसम्पर्क समिति बेलायतको कार्यसमितिलाई पूर्णता दिइएको छ । 
आज नियुक्त भएका २० जनासहित अब नेपाली जनसम्पर्क समिति यूकेको केन्द्रीय कार्यसमितिको सदस्य संख्या ५० जना पुगेको छ । 
बैठकले जनसम्पर्क समिति बेलायतको विभिन्न विभागहरु गठन गर्ने प्रकृयामा महामन्त्री रोमियन लिम्बूको महिला विभाग गठन गर्न संयोजक तोक्यो भने भविष्यको बैठकले अन्य विभागीय प्रमुखहरु तोक्ने निर्णय गर्यो । त्यस्तै, बैठकले जनसम्पर्क समिति बेलायतको विधानको धारा १६, ञ बमोजिम कार्य सम्पादन समिति गठन गर्ने जिम्मा र चालु कार्यकालको लगि सल्लाहकारहरुको नामावली प्रस्ताव गर्ने जिम्मेवारी सभापतिलाई दिएको छ ।

बैठकको प्रारम्भमा समितिका बरिष्ठ उपाध्यक्ष रितेश राज पाण्डेको ममतामयी आमाको केही समयअघि असामयिक निधन भएकोमा एक शोक प्रस्ताव पारीत गरी एक दिवंगत आमाप्रति श्रद्दाञ्जली व्यक्त गर्यो ।

चक्रिय प्रणाली खारेजीको निर्णय नभएको स्पष्टीकरण

यसैबिच, एक जना अध्यक्ष युवराज सिंह बैठकमा चक्रिय प्रणाली खारेजीको निर्णय नभएको स्पष्टीकरण सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन ।

blank
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us