बेलायती पर्यटक नेपाल भित्र्याउन दुतावासको विशेष पहल

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

लण्डन । बेलायतस्थित नेपाली राजदूतावासले नेपालको पर्यटन प्रवर्धनका लागि पहल सुरु गरेको छ । ब्रिटिश पर्यटकहरुलाई नेपाल पठाउनको लागि कोभिड महामारीपछि पहिलोपटक एक प्रत्यक्ष कार्यक्रम गरि दूतावासले पहल सुरु गरेको हो ।

दूतावासमा मंगलबार सांझ आयोजित उक्त कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको प्राकृतिक सौन्दर्यको वर्णन गर्दै नेपाल विदेशी पर्यटक स्वागत गर्न आतुर रहेको बताए।

राजदूत आचार्यले कोभिड महामारीपछि नेपालको पर्यटन पुनर्जिवित हुने चरणमा रहेको उल्लेख गर्दै बेलायती पर्यटकलाई नेपाल भ्रमणको निम्तो समेत दिए ।

नेपाल पर्यटन बोर्डका अफिसिएटिङ डिरेक्टर लक्ष्मण गौतमले ‘भर्चुअल’ रुपमा काठमाडौंबाट स्लाइड शोमार्फत नेपालका विशेषता औंल्याए । नेपालको भौगोलिक अवस्था चित्रणदेखि नेपालीको अतिथी सत्कार, संस्कृति, पर्यटकका प्रमुख आकर्षण, नेपालमा उपलब्ध सेवा सुविधा आदिबारे चर्चा गर्दै गौतमले नेपाल भ्रमण गर्ने बेलायतीको संख्या अन्य देशको तुलनामा अग्रपंक्तिमा रहेको पनि बताए ।

अर्का वक्ता नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट्स (नाटा) का अध्यक्ष रमेश थापाले भर्चुअल रुपमै सहभागी हुदै नेपालको पर्यटकीय आकर्षणबारे अवगत गराउंदै नेपाल पर्यटकका लागि विश्वमै उत्कृष्ट गन्तव्य रहेको बताए ।

कार्यक्रममा बीबीसी मास्टर सेफ द प्रोफेशनल्सका फाइनलिष्ट सेफ सन्तोष शाहले नेपाली खाना विश्वमा परिचित गराउन आफू लागिरहेको जनाउंदै नेपाल जस्तो उत्कृष्ट गन्तव्य र खानाका परिकार अन्यत्र नभएको धारणा राखे ।

दूतावासकी उपनियोग प्रमुख एबम प्रबक्ता रोशन खनालले सञ्चालन गरेको उक्त कार्यक्रममा बेलायतका लागि नेपाल पर्यटन बोर्डका मानार्थ दूत महन्त श्रेष्ठ, लेखक तथा पत्रकार जो बाइन्डलस, ट्राभल कन्सोलका सञ्चालक बिराज भट्ट, एओल एड्भेन्चरका अपरेसन्स् म्यानेजर ड्यान राइट लगायतले नेपालको पर्यटन विशेषता औंल्याउंदै नेपाल भ्रमण गर्न बेलायतीलाई आह्वान गरे।

कार्यक्रममा सेफ सन्तोष शाह, कोभिड महामारीका बेला अंग्रपंक्तिमा खटिएका स्वयंसेवक र स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने सुजन कटवाल र एभरेष्ट इनका सेफ शंकर पाण्डेलाई दूतावासका तर्फबाट सम्मान गरिएको थियो ।

blank

ट्राभल एण्ड टुर्स अपरेटर, ट्राभल राइटर, ट्राभल व्यवसायी, सञ्चारकर्मी लगायत बेलायती तथा नेपाली सहभागी उक्त कार्यक्रममा सयपत्री कल्चरल ग्रुप आवद्ध किशोरीहरुले मौलिक नेपाली नाच प्रस्तुत गरेका थिए भने सयपत्री अध्यक्ष डम्बरसिंह प्रयासले सारंगीको धुन सुनाए।

विदेशी पाहुनाहरुलाईसेफ सन्तोष शाहले पकाएको क्यानपीज् र होली काउ रेस्टुरेन्टको नेपाली खाना खुवाइएको थियो। नेपाली कला ,संस्कृति, पर्यटनका साथै नेपाली खाना समेत स्वदिष्ट रहेको भनी उपस्थित पाहुनाहरुले प्रसंशा गरेका थिए।

गत साता लगानी सम्मेलन गरेको दुताबासले पर्यटन प्रबर्धन र यसका सम्भावनाबारे आयोगित यस्ता कार्यक्रमले नेपालको अर्थतन्त्र उकास्न समेत मद्दत पुग्ने बिश्वास गरिएको छ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us