जेन्स युकेद्वारा एफडिआई मार्फत लगानी गर्ने तयारी

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन। ग्राजुएट इन्टरपेनर्स नेप्लीज सोसाईटी (जेन्स) यूकेले बेलायतस्थित नेपाली समुदायलाई जन्मभुमिमा लगानी गर्न प्रोत्साहन गर्दै फरेन डाइरेक्ट इन्भेष्ट (एफडिआई) मार्फत योजना अघि सारेको छ । बेलायतमा आफुले कमाएर बचत गरेको मध्येका केही रकम नेपालमा एफडिआइ मार्फत लगानी गरेर उच्चतम व्याज लिन नेपाली समुदायलाई आग्रह गरेको हो । जेन्स युकेको गत शनिवार भएको बार्षिक भेटघाट कार्यक्रममा अध्यक्ष तिलक भट्टराई र सल्लाहकारद्वय अकाउण्टेण्ट एलएन पाण्डे र अर्थबिद डा. मुकुन्द बास्तोलाले एफडिआइको अवधारणबा बारेमा विस्तृत जानकारी गराएका थिए ।

साउट इस्ट लण्डनको अबिउडस्थित लेकसाईड पार्कमा बार्षिक भेटघाट कार्यक्रममा लगानी र त्यसको प्रतिफलको बारेमा छलफल समेत गरेको थियो । जेन्स युकेका पदाधिकारीहरुसहित उनीहरुका पारिवारिक एफडिआइ मार्फत नेपालमा लगानी गर्न कसरी सकिन्छ भनेर जानकारी लिएका थिए । भेटघाट कार्यक्रममा नयाँ सदस्यहरु र कार्यसमितिका पदाधिकारी तथा अतिथिहरुबीच परिचयात्मक कार्यक्रम समेत भएको थियो ।

जेन्स यूकेका अध्यक्ष भट्टराइले उपस्थित सबैलाई स्वागत गर्दै संस्थाको गतिबिधि र योजनाहरुको बिषयमा थप जानकारी गराए । कार्यक्रममा संस्थाका सल्लाहकारहरु अकाउण्टेण्ट पाण्डे तथा अर्थबिद डा बास्तोलाले बेलायतका ग्राजुएटहरुले बेलायतमै र नेपालमा पनि ब्यापार, ब्यवसाय र लगानी गर्नु पर्ने सुझाब दिएका थिए। त्यसैगरी पत्रकार महासंघ यूकेका पुर्व अध्यक्ष तथा संरक्षक बिपिन निरौला र पुर्व बरिष्ठ उपाध्यक्ष तथा संरक्षक श्याम लुइँटेलले जेन्स यूके सँग पत्रकारहरु हातेमालो गरि हिड्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै भावि योजना तथा कार्यक्रमको लागि शुभकामना दिए।

कार्यक्रममा जेन्स यूकेका संस्थापक अध्यक्ष शालिक सापकोटा , पुर्व अध्यक्षहरु लेखनाथ गैरे र बिष्णु चोङ्गबाङ्ग, उपाध्यक्षहरु दिपक गैरे , श्याम खत्री , लक्ष्मण पाण्डे , सचिब रबिन रानाभाट र कोषाध्यक्ष राम थापा लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो। त्यसैगरी अमृत पौडेल , रबी अर्याल , लिला पौडेल , श्रीकृष्ण उप्रेती तथा उनीहरुका परिवार सहित विभिन्न मनोरन्जनात्मक खेलहरु तथा सामुहिक नाचगान समेत भएको थियो।

© 2022 All Right Reserved DiasporaNepal