बेलायति राजदूत निकोला पोलिटले नेपाललाई स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र हस्तान्तरण

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

बेलायति राजदूत निकोला पोलिटले नेपाललाई स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सूत्र) हस्तान्तरण गरेकी छिन्। यो प्रणालीलाई वित्तीय व्यवस्थापन सफ्टवेयर समेत भनिन्छ।

बिहीबार सूत्रको मोबाइल एप्पलिकेशन समेत शुभारम्भ गरिएको छ। 

बेलायति सरकारको सहयोगमा विकास गरियोको सूत्र २०७६ वैशाखबाट लागु गरिएको थियो। सूत्रमा स्थानीय तहको बजेट, खर्च, अनुदानको लेखांकन गरिन्छ। हाल ७५३ वटै स्थानीयमा सूत्रको प्रयोग थालिएको छ। 

‘सूत्रको प्रयोगले केन्द्र मात्र होइन, स्थानीय सरकारको संचालन प्रणाली समेत पारदर्शी भएको छ। न्यून आय भएका मुलुकले सार्वजनिक खर्चमा अझै धेरै गर्नुपर्छ,’ राजदूत पोलिटले भने, ‘यसले पारदर्शी रूपमा जनताको लगि गरिएको कामहरू देखाउँन अझै सहजिलो भएको छ।’ 

हाल सूत्रमा राजस्वको विवरणको तथ्यांक भने प्रविस्टि गर्न सकिएको छैन। सम्पति कर, व्यवसायिक कर, विधूतीय भुक्तानीहरूको तथ्यांक भने अझै प्रविस्ट गर्न सकिने व्यवस्था हुन बाँकी छ।

© 2022 All Right Reserved DiasporaNepal