प्रवासी नेपाली मंच युकेद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । बेलायतको भ्रमणमा आएका एमालेका नेताहरु सँग प्रवासी नेपाली मंच युकेले सोमबार अन्तरक्रिया गरेको छ । बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न बेलायत आएका एमाले नेताहरु प्रतिनिधि सभाको माननीय सदस्य पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डे, प्रतिनिधि सभाको अर्थ समिनितिको माननीय सभापति तथा एमाले केन्द्रिय सदस्य कृष्ण प्रसाद दाहाल, प्रतिनिधि सभा सदस्य तथा एमाले केन्द्रिय सदस्य मा पदम गिरि, प्रतिनिधि सभा सदस्य जयकुमार राई, संबिधान सभाका सदस्य तथा एमाले केन्द्रिय सल्लाहकार पुर्व माननीय कुल प्रसाद नेपाल, मंच का अन्तरास्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङ आदिको सम्मानमा प्रवासी नेपाली मंच बेलायतले अन्तरक्रिया कार्यक्रम गरेको हो।

कार्यक्रममा नेपालको राजनीतिक अवस्था, प्रवासी नेपालीका जल्दा बल्दा समस्या (नागरिकता, प्रवासी नेपालीका मताधिकार, ब्रिटिश गोर्खा, नेपालमा लगानी, गैर नेपाली संघ आदिका बारेमा घनिभूत अन्तरक्रिया भएको थियो। उक्त कार्यक्रमा प्रमुख अतिथिको रुपमा एक सफल अर्थ मन्त्रि हुनु भएका पाण्डेले देश आर्थिक रुपमा कसरि समृद्ध हुन सक्दछ र जनता कशारी खुशी हुन्छन भन्ने ब्याख्या गरेका थिए । बिगत ३०० बर्षमा अर्थतन्त्रका आयाम कसरी प्रतिस्थापन भए र चौथो औधोगिक क्रान्तिमा मा प्रविधिको प्रयोग तथा विश्वका अति धनि व्यक्तिहरुले प्रविधिको प्रयोग गरेर गरेर आर्थिक उन्नति गरे भन्ने कुराको अध्ययन सहितका तथ्यहरुको ब्याख्या गरे । कृषिलाई आधुनिकरण, यसमा प्रविधि प्रयोग तथा गग्गाको बैज्ञानिक बर्गिकरण आदि बारेमा पनि स्पष्ट बिचार राखेका थिए । गैर आवासिय नेपालीले उठाउने लगानीका समस्या, उत्पादन तथा औधोगिक क्षेत्रका समस्या र निराकरण, मित्र राष्ट्रहरुसंग सम्बन्धमा जोडिएको आर्थिक पक्ष को बारेमा समेत स्पष्ट बिचार राखे । उक्त क्रममा भर्खरै सम्पन्न स्थानिय निर्वाचन को समेत समिक्षा गरेका थिए ।
अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले अर्थ समितिको बेलायतको भ्रमणका उधेश्य, मुलुकको शासकीय अवस्था, गठवन्धनले पारेको असर आदि बारेमा आफ्ना बिचार राखेका थिए । एमाले केन्द्रिय सदस्य पद्म गिरीले देशको लागि निष्ठावान पार्टि र उनका प्रवासी कार्यकर्ताको भूमिका र बेलायतले प्रदान गरेको मायाको बिषयमा मन्तब्य राखेका थिए । उनले आगामी आम निर्वाचनमा प्रवासी नेपाली मंचको अझ बढी सहयोको अपेक्षा गरेको बताए । सांसद जय कुमार राईले गोर्खा भूपू सैनिकहरुको समस्या समाधान गर्न भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले प्रवाशी नेपाली मंच युकेले उठान गरेका मुद्दाहरुलाई सम्बोधन गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे । नेता कुल प्रसाद नेपालले जनताको विकाशको चाहना पुरा गर्न सहि पार्टी तथा नेतृत्वको आवश्यकता रहेको कुरा औल्याए । एमालेको नेतृत्व नै सवाल र सक्षम नेतृत्व हो दावी गरे ।
प्रवासी नेपाली मंचका अन्तराष्ट्रिय अध्यक्ष भक्त गुरुङले सस्थाको सागठानिक संरचना, गैरआवासिय संघमा हाम्रो भूमिका, मंचको उधेश्य, मंचले गरेका काम आदिको बारेमा बोलेका थिए । प्रवासी नेपाली मंच युकोका पुर्व अध्यक्ष तथा सल्लाकार समितिका सभापति दिनेश घिमिरेको संयोजकत्वमा पुर्व अध्यक्ष राम शरण सिम्खडा, कोषाध्यक्ष पुण्य रेग्मी र निर्देशन त्रिपाठीले संयोजन गरेको उक्त कार्यक्रममा मंचका अन्तराष्ट्रिय कमिटीका सदस्य कर्ण शाही, युरोप कमिटीका अध्यक्ष गोविन्द पौडेल, उपाध्यक्ष बिनोद ज्ञवाली, राष्ट्रिय कमिटीका पदाधिकारी, सदस्यहरु, सल्लाकार, क्षेत्रीय कमिटीका पधाधिकारीको उपस्थित थिए ।
मंचका अध्यक्ष सुरेन्द्र थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा अथितिहरुलाई सम्मान गरिएको थियो भने गैरआवासीय नेपाली संघमा निर्वाचित भएका अन्तराष्ट्रिय समितिका उपमहासचिब रामशरण सिम्खडा, सह कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना, आईसिसि सदस्य दिनेश घिमिरे र भिम लाल भट्टराई सम्मान गरिएको थियो।
कार्यक्रमको संचालन मंचका महासचिब सुरेश जुङ्ग शाहले गरेका थिए भने मंच युकेकी वरिष्ठ उपाध्यक्ष सरस्वति केसीले उपस्थित सबैलाई स्वागत गरेकी थिइन भने अर्का वरिष्ठ उपाध्यक्ष तुङ्गभद्र भुसाल धन्यवाद ज्ञापन गरे ।

© 2022 All Right Reserved DiasporaNepal