बेलायतमा रेल्वे कामदारको ठूलो हडताल

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

तस्बिर : एजेन्सी

बेलायतमा रेल्वे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भिडले मङ्गलवार अराजकताको सामना गर्न सक्ने बताइएको छ ।

हडताल समाप्तिका लागि भएको वार्ता असफल भएको बताइएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनका लागि आफ्नाे कामबाट बाहिरिका छन् । 

रेल र लन्डन भूमिगत स्टेशन मङ्गलवार बिहान बन्द भएपछि  मानिसहरू घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ ।

लन्डनको बाहिरी भागमा बिहान ०६ बजेपछि बस स्टेशनमा मानिसको भिड पर्खिरहेको थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गर्नुभएको छ । सन् १९७० को खराब पुराना दिनहरूको सम्झना पुनः आएको उहाँले बताउनुभएको छ ।

© 2022 All Right Reserved DiasporaNepal