बेलायतमा नेपाली नर्स ल्याउने गरि श्रम सम्झौता गर्न मन्त्रिपरिषद्को स्वीकृती

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

लण्डन । नेपाल सरकारले बेलायतसँगको श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो जानकारी दिएका हुन् ।
रोजगारीका लागि नेपाली नर्स बेलायत पठाउन नेपाल र बेलायतबीच श्रम समझदारी हुने जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दिएको छ।

श्रम समझदारीको मस्यौदा तयार गर्न गठित दुबै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरिसकेको मन्त्रालयले बताएको छ।

शुक्रबार श्रममन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेका थिए। छलफल नेपाल र बेलायतबीच सन् १८१६ मा कुटनीतिक सम्बन्ध स्थापित भएदेखिको सम्बन्ध तथा आपसी हितमा केन्द्रित थियो।

बेलायतमा रोजगारीका लागि सुरूमा दुई हजार नर्स पठाउन तयार रहेको मन्त्री श्रेष्ठले बताए। त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृतिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको पनि मन्त्री श्रेष्ठले बताएका थिए।

© 2022 All Right Reserved DiasporaNepal