स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि

३ वर्षs अगाडि

रासस-एएनआई/स्पुतनिक

blank
blank
the independent

कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षण मार्फत Omicron SARS-CoV-2 स्ट्रेनको सङ्क्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमा मार्फत् जनाएको छ । यस अघि दुई केसहरू म्याड्रिडमा पुष्टि भएका थिए।
तीनवटै सङ्क्रमण दक्षिण अफ्रिकाका यात्रुहरूमा पत्ता लागेको हो।

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट
यसैबिच,पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ ।अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको समाचार दिएका भनी विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका हुन् ।उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो । यसबाट उनको कोरोना भाइरसको नयाँ अर्थात् पछिल्लो घातक भेरियन्ट भनिएको ओमिक्रोन पत्ता लागेको बताइएको छ ।

अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्नियामा बुधबार देखा परेको यो नै अमेरिकामा देखिएको ओमिक्रोनको पहिलो संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ ।अघिल्लो हप्ता दक्षिण अफ्रिमा पत्ता लागेको बताइएको यो भाइरस विश्वका कैयौँ देशमा भेटिइसकेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us