सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स युके अध्यक्षमा इन्जिनियर न्यौपानेसहित नयाँ कार्यसमिति
लण्डन। सोसाईटी अफ नेपलिज प्रोफेसनल्स यूकेको आठौं साधारण सभाले इन्जिनियर बिष्णु प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । आइतबार भर्चुअल जुम मार्फत सम्पन्न समाधारण सभाले उपाध्यक्षमा गजेन्द्र कटुवाल, सचिव डा. ओमप्रसाद गौतम, सहसचिवमा रामहरी हमाल र कोषाध्यक्षमा शम्मुनाथ अधिकारीलाई चयन गरेको हो ।
दुई बर्षका लागि चयन भएका कार्यसमिति सदस्यहरुमा सदस्यहरुमा बिमल अधिकारी, चन्द्र कार्की, गीता भट्टराई र प्रनिता पराजुली तिमल्सिना, रामजी पौडेल, सुर्य कंडेल छन ।
साधारण सभामा सचिव दीलिप पौडेलले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष गोविन्द महतले प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएपछि निर्वाचन समितिले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाका अध्यक्ष माधव पराजुलीको अध्यक्षातामा भएको निबर्तमान समितिले भर्चुअल रुपमै नयाँ कार्यसमिति चयन गरेको सोसाईटी अफ नेप्लिज प्रोफेसनल्स यूके जनायो ।