सलमान खानलाई सर्पले टोक्यो, कस्तो छ उनको हालत

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

सलमान खानलाई गएको राती सर्पले टोकेको छ । त्यस बेला उनी आफ्नो पनवेल वाला फर्महाउसमा थिए । सर्पले टोकेपछि सलमान खानलाई उपचारको लागि तुरुन्त हस्पिटल लिएर गइयो । अहिले उनको अवस्था ठीक छ । बताइएको छ कि सर्प विषालु थिएन, त्यसैले खासै समस्या भएन ।

रिपोर्टसको अनुसार सर्पले सलमानको हातमा टोकेको थियो र यो घटना गएको राती ३ः३० बजेको आसपास भएको थियो । सर्पले टोक्ने बित्तिकै सलमानलाई तुरुन्त एमजीएम हस्पीटलमा भर्ना गराइयो र त्यहाँ उनको उपचार शुरु भयो । जुन सर्पले उनलाई टोकेको थियो त्यो विषालु थिएन त्यसैले कुनै खतरा भएन ।

डिस्चार्ज भए सलमान खान
रातभरि उपचार पछि सलमान खानलाई २६ डिसेम्बर विहान ९ः०० बजे डिस्चार्ज गरियो । अहिले उनी आफ्नो फार्म हाउसमा आराम गरिरहेका छन् । उनको हालत राम्रो भैरहेको छ । उनी निकै चाँडो रिकभर गरिरहेका छन् । यस खबरपछि सलमान खानको फैंस उनको चाँडो स्वास्थ्य लाभको लागि प्रार्थना गरिरहेका छन् । तर फैंसको लागि यो राहतको कुरा हो कि सलमानको स्वास्थ्यमा कुनै खतरा छैन ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us