वेल्सको विश्वकप खेल्ने सपना ६४ बर्षपछि पुरा

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

तस्बिर : दि गार्डियन


लण्डन। वेल्सले आइतबार राति युक्रेनलाई १–० ले हराउँदै फिफा विश्वकपमा स्थान बनाउन सफल भएको छ । उक्त जितसँगै विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा खेल्ने वेल्सको सपना ६४ वर्षपछि पुरा भएको हो ।
गारेथ बेलको कप्तानीमा कार्डिफ सिटी रंगशालामा प्रतिस्पर्धात्मक खेलको ३४औँ मिनेटमा आन्द्री यार्मोलेन्काले गरेको आत्मघाती गोल वेल्सको जितमा निर्णायक बन्यो । बेलको फ्रिकिक क्लियर गर्ने क्रममा यार्मोलेन्काले आफ्नै पोस्टमा गोल गरेका थिए । युक्रेनका रुस्लान मालिनोभस्कीले ड्यानियल जेम्सलाई फाउल गरेपछि वेल्सले फ्रिकिकको अवसर पाएको थियो ।

‘‘वेल्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो नतिजा हो । हामी सबै उत्साहित छौँ,’’ वेल्सका कप्तान बेलले भने, ‘‘यो हामीले खेल्न थालेदेखिको सपना हो । र त्यो दिनदेखि हामीले यसका लागि मिहिनेत गरिरहेका थियौँ । यो हामी समर्थकका लागि समर्पित गर्न चाहन्छौँ । यो खुसी शब्दमा वर्णन गर्न सकिँदैन ।’’
जितसँगै वेल्सले कतारमा हुने फिफा विश्वकप २०२२ मा स्थान बनाउन सफल भएको छ । वेल्सले स्वीडेनमा सम्पन्न सन् १९५८ को विश्वकप खेलेपछि अहिलेसम्म विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा स्थान बनाउन सकेको थिएन । १९५८ मा वेल्स क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । वेल्सले अहिलेसम्म खेलेको त्यही एउटा विश्वकप हो ।

वेल्सले अब कतारमा अमेरिकाविरुद्ध खेल्दै नोभेम्बर २१ बाट विश्ककपको यात्रा थाल्नेछ । वेल्स रहेको समूह ‘बी’मा अमेरिकाबाहेक इरान र इंग्ल्यान्ड छन् । वेल्सले इंग्ल्यान्डविरुद्ध २०१६ को युरोपियन च्याम्पियनसिपपछि पहिलोपटक औपचारिक प्रतियोगतामा खेल्न लागेको हो । त्यति बेला वेल्सले इंग्ल्यान्डविरुद्ध एक मैत्रीपूर्ण खेल खेलेको थियो ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us