विश्वका ७७ देशमा ओमिक्रोन भेरियन्ट

३ वर्षs अगाडि

रासस/एएफपी

blank
blank
the independent

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ ।हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ । यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्रमुखले बता ए

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससले ओमिक्रोनलाई कम आँकिएकोमा आफू चिन्तित बनेको बताए ओमिक्रोनको फैलावट यसअघिका कुनै भेरियन्टमा नदेखिएको दरमा भइरहेको डब्ल्यूएचओ प्रमुखले पत्रकारहरुलाई बताउनु भएको छ । ओमिक्रोनले कम गम्भिर रोग निम्त्याउने भए पनि यसका खास सङ्ख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्ने बताए

यस भेरियन्टसँग जुझ्न कयौँ देशले बूस्टर मात्रा सुरु गर्ने बताएका अवस्थामा मङ्गलबारको पत्रकार सम्मेलनमा डा. टेड्रोसले खोप असमानताबारे आफ्ना चासो दोहोर्याए । उनले बूस्टर डोजहरुले कोभिड फैलन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने भएपनि केलाई प्राथमिकता दिने भन्ने अहम प्रश्न रहेको बताए । यस भेरियन्टलाई सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो ।

यसैसँगै कयौँ देशहरूले दक्षिणअफ्रिका र उसका छिमेकी देशसँग यात्रा प्रतिबन्ध लगाए पनि सङक्रमण फैलन रोकिएको छैन ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us