बेलायतका लागि नयाँ नेपाली राजदुत ज्ञानचन्द्र आचार्य बुधबार आइपुग्ने
लण्डन । संयुक्त अधिराज्यका लागि नेपाली राजदुतको जिम्मेवारी लिएका ज्ञानचन्द्र आचार्य बुधबार विहान कार्यभार सम्हाल्न बेलायत आउने भएका छन । बेलायतस्थित नेपाली राजदुतावासका अनुसार बुधबार विहान हिथ्रो विमानस्थलबाट परिवारसहित राजदुत आचार्य सिधै दुतावास आइपुग्ने भएका हुन् ।
गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका आचार्यले पद तथा गोपनीयताको शपथ लिए लगत्तै परिवारसहित कार्यभार सम्हाल्न आउदै छन् । बेलायतको लागि २२ औँ नेपाली राजदूतका रुपमा आचार्यले काम गर्नेछन ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हालेका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेकी थिइन् ।
भ्ुतपुर्व गोर्खाका मुद्दामा राजदुत आचार्यले महत्वपुर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।