रुसको कदमको चीनले निन्दा गर्नुपर्छ- प्रधानमन्त्री जोन्सन
काठमाडौँ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसको आक्रमणको कडा शब्दमा निन्दा गर्न चीनलाई आग्रह गरेका छन् । सन्डे टाइम्स पत्रिकालाई दिएको अन्तर्वार्तामा जोनसनले राम्रो र नराम्रो बीचको युद्धलाई रुससँग उभिनु दोस्रो विश्वयुद्धमा गलत पक्ष रोज्नु बराबर भएको बताए ।
उनले भने- ‘समय बित्दै जाँदा र रुसी अत्याचारको संख्या बढ्दै गएपछि, मलाई लाग्छ कि पुटिनको आक्रामकतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बेवास्ता गर्नु मानिसहरूका लागि झन् गाह्रो र राजनीतिक रूपमा लज्जास्पद बन्दै गएको छ ।’
यद्यपि, जोनसनले बेइजिङले आफ्नो तटस्थ स्थिति पुन: विचार गर्ने विश्वास व्यक्त गरे ।
युक्रेनमा रुसको कारवाहीको चीनले अहिलेसम्म निन्दा गरेको छैन । रुसले चीनसँग सहयोग मागेको खबर सार्बजनिक भएपनि चीन र रुसले भने सो अस्वीकार गरेका छन् । यसअघि शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई सहयोग गरे चीनले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका थिए ।
शनिबार चिनियाँ विदेशमन्त्री वाङ यीले यस मुद्दामा आफ्नो देशको अडानलाई ‘निष्पक्ष’ भएको बताए । उनले यस विषयमा चीनले कुनै पनि बाह्य दबाबप्रति प्रतिक्रिया नदिने पनि बताए ।