महारानी एलिजावेथ द्वितीयले राज्यारोहणका सात दशक भव्यरुपमा मनाइदै

२ वर्षs अगाडि

रासस

blank

महारानी एलिजावेथ द्वितीयले मुलुकको सिंहासन सम्हालेको ७० वर्षको उपलक्ष्यमा चारदिनसम्म यहाँ विविध कार्यक्रम आयोजना गरिने भएको छ । महारानीको सात दशक लामो शासनकाल भव्यरुपमा मनाउन सैनिक परेड, प्रार्थना, विविध साङ्गीतिक कार्यक्रमलगायत समारोह हुनेछन् ।

यसैसाता वकिङ्घम राजाप्रासदको बार्दलीमा आएर महारानी एलिजावेथले देशवासीलाई अभिवादन गर्नुहुनेछ । वयोवृद्ध महारानीको बार्दलीमा हुने उपस्थितिले सात दशकको परिवर्तन पछि पनि राजपरिवार बेलायतमा अझै सान्दर्भिक रहेको पुष्टि गर्नेछ । महारानीलाई हेर्न मध्यलण्डनमा धेरैभन्दा धेरै नागरिक उपस्थित हुने अपेक्षा गरिएको छ ।

बेलायती नागरिकको त्यो उपस्थितिले राजतन्त्र मतपेटिकाबाट निर्वाचित नभएको पुष्टि गरे पनि सडकमा निस्किएका आफ्ना नागरिकको उपस्थितिले राजतन्त्रप्रतिको अटुट आस्था प्रतिविम्बित गर्नेछ । उक्त अवसरमा बेलायतमा सार्वजनिक विदा दिइएको छ । जसलाई ‘बैक होलिडे’ भन्ने गरिन्छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us