यौन दुर्व्यवहारको मुद्दा चल्ने भएपछि बेलायती राजकुमार एन्ड्र्यूद्वारा सबै उपाधि फिर्ता
लण्डन । । अमेरिकाको एक अदालतले बेलायती राजकुमार एन्ड्रयुविरुद्ध दायर गरिएको यौन दुर्व्यवहारको मुद्दा खारेज गर्न अस्वीकार गरेको छ ।
अब राजपरिवारका राजकुमारले मुद्दाको सामना गर्नुपर्नेछ र दोषी पाइएमा सजाय पनि भोग्नुपर्नेछ । न्यायाधीश लुइस कपलानले एन्ड्र्यूका वकिलहरूले राखेको महिला भर्जिनिया रोबेर्ट गिफ्रेको मुद्दा खारेज गरिनुपर्ने तर्कलाई अस्वीकार गरेका हुन् ।
न्युयोर्कको संघीय अदालतका न्यायाधीशले आफ्नो फैसलामा गिफ्रेले दायर गरेको यौन दुर्व्यवहारको मुद्दा खारेज गर्न नसकिने र राजकुमार एन्ड्र्यूविरुद्ध मुद्दा चलाउने कुरा स्पष्ट गरेका हुन् ।
न्यायाधीश कपलानले एन्ड्र्यूका वकिलहरूलाई फाइनान्सर जेफ्री एपस्टेनले २०१९ मा जेलमा आत्महत्या गरेका थिए र गिफ्रेबीचको पाँच लाख डलरको सम्झौतामा संलग्न नभएकाले यस्तो अवस्थामा राजकुमारलाई मुद्दाको सामना गर्नबाट बचाउन नमिल्ने बताएको बिबिसीले उल्लेख गरेको छ ।
पीडित गिफ्रेले अगस्टमा एन्ड्र्यूलाई फाइनान्सर जेफ्री एपस्टेनको सहयोगमा २००१ मा यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । त्यतिबेला उनी १७ वर्षकी थिइन् र उनले मुद्धामा प्रिन्स एन्ड्रयूलाई त्यतिबेला आफु नाबालिग हुँ भनी राम्ररी थाहा भएको उल्लेख गरेकी छन् । राजकुमारले मलाई तीन फरक ठाउँमा यौन दुर्व्यबहार गरेको उल्लेख गरेकी छन् ।
राजकुमार एन्ड्रयूले सबै आरोप निराधार भन्दै मुद्दा खारेज गर्न अदालतमा अपिल गरेका थिए । उनले आफ्नो निवेदनमा आफूमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाको मुद्दा खारेज गर्न सकिने भन्दै उनी अमेरिकामा नबस्ने बताएका थिए । यद्यपि, न्यायाधीशले सबै तर्कहरू खारेज गर्दै उनलाईलाई मुद्दाको सामना गर्नुपर्ने बताए ।
अदालतको यस्तो आदेशपछि बेलायती राजकुमार एन्ड्र्यूले रानीलाई सबै उपाधि फिर्ता गरेका छन् ।
बेलायतकी महारानी एलिजाबेथ द्वितीयका कान्छो छोरा राजकुमार एन्ड्रयुले आफ्ना सबै सैन्य उपाधि र शाही संरक्षण राजालाई फिर्ता गरेका हुन् । बकिङ्घम प्यालेसले बिहीबार यस बारेमा जानकारी दिएको हो । ६१ बर्षिय योर्कको ड्यूक एन्ड्रयु प्रिन्स चार्ल्सका कान्छा भाइ हुन् ।
महारानीको स्वीकृति र सम्झौताको साथ, ड्यूक अफ योर्कको सैन्य सम्बद्धता र शाही संरक्षण रानीलाई फिर्ता गरिएको छ, दरबारले गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । अब बेलायती राजकुमार एन्ड्र्यूले कुनै पनि सार्वजनिक काम गर्ने छैनन् ।