युवराज चार्ल्स बेलायतको राजा बनेपछि क्यामिला नै रानी बन्ने

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
Photo: Kharibot

लण्डन । बेलायती महारानी एलिजावेथ द्वितीयाले यसै ग्रीष्म ऋतुका लागि तय गरिएको महत्वपूर्ण हिरक जयन्ती समारोहसँगै ‘परिवार, मित्रहरू, छिमेकी र समुदायलाई एकसाथ भेला गर्ने’ आफूले विश्वास लिएको बताएकी छन् ।

युवराज चार्ल्स राजा बनेपछि उनकी पत्नी क्यामिला नै रानी बन्ने महारानीले स्पष्ट पारेकी छन् । गद्दी आरोहणको हिरक उत्सवको अवसरमा एक सन्देश जारी गर्दै महारानी एलिजावेथले क्यामिलाको पक्षमा धारणा प्रष्ट पारेकी हुन् । क्यामिला युवराज चार्ल्सकी दोस्रो श्रीमती हुन् ।

युवराज्ञी डायनाको कार दूर्घटनामा निधन भएपछि युवराज चार्ल्सले प्रेमिका क्यामिलासँग दोस्रो विवाह गरेका थिए । चार्ल्सले विवाह गरे पनि क्यामिला रानी बन्न पाउने नपाउने विषय बेलायती राजनीतिमा बहसको विषय बन्दै आएको छ ।

तर महारानी एलिजावेथले युवराज चार्ल्सले गद्दी आरोहण गरेपछि उनीसँगै गद्दीमा बस्ने अधिकार क्यामिलालाई रहेको भन्दै बहसलाई अन्त्य गरिदिएकी छन् ।

पन्चानब्बे वसन्त पार गरेकी महारानी एलिजावेथले लिखित एक सन्देशमा भनकी छन्- ‘मेरो छोरा चार्ल्स राजा बनेपछि उनी र उनकी रानी क्यामिलालाई पनि मलाई जस्तै सहयोग र सद्भाव प्राप्त हुने छ भन्नेमा पूर्ण विश्वस्त छु ।’

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us