युक्रेन रुस युद्धः युक्रेनी शरणार्थीलाई राखे वापत युकेका जनतालाई प्रति महिना ३५० पाउण्ड दिइने
युक्रेनको युद्ध क्षेत्रबाट देश छोडेर भागेका नागरिकहरुलाई शरण दिए वापत युकेले प्रति महिना ३५० पाउण्ड अफर गरेको छ । हाउसिङ सचिव माइकल गोभले बिबिसीसँग भने कि हजारौं मानिसहरु यो योजना अन्तर्गत आउन सक्दछन् । तर शरणार्थी परिषदले युद्धको विभिषीकाबाट प्रताडित भएकाले गरिने समर्थन सम्बन्धमा आफ्नो सरोकार व्यक्त गरेको छ ।
तर लेबर पार्टीले अनुत्तरित प्रश्नमा सवाल उठाएको छ र शरणार्थीलाई सहयोग गर्ने सम्बन्धमा सरकारले आफ्नो हटाएकोमा दोष दिएको छ ।
युक्रेन योजनाको लागि गरिएको यो व्यवस्था अन्तर्गत व्यक्तिहरुले युक्रेनियनलाई वा परिवारलाई चुन्न सक्नेछन् तिनीहरुको घरमा बस्न, जस अन्तर्गत उनीहरुलाई घर भाडा लाग्नेछैन र ६ महिनासम्म छुट्टै वासस्थानमा पनि राख्न सक्दछन् । सोमबार त्यस्ता इच्छुक व्यक्तिहरुलाई लक्षित गरी एउटा वेबसाइट संचालनमा ल्याइनेछ ।
मिस्टर गुभले आइतबार बिहानको बीबीसीको कार्यक्रममा यो पनि भनेका छन् कि मानवीयताको उद्देश्यले युकेले संक्सन गरेका रसियन ओलीगार्चहरुको सम्पत्ति यस उद्देश्यको लागि प्रयोग गर्न सक्नेछ तर यसो गर्न कानुनी अड्चन आउन सक्दछन् र संक्सनको अन्त्य सँगै यो नियम पनि खारेज हुनेछ ।
स्थानिय प्रशासनले शरणार्थीलाई समर्थन गर्नको लागि प्रति शरणार्थी १०,००० पाउण्ड प्राप्त गर्नेछ जुन विशेष गरेर स्कुल जाने विद्यार्थीहरुको लागि हुनेछ, उनले आइतवार स्काइ न्युजकी सोफी रिजसँग भने ।
२५ लाख भन्दा बढी युक्रेनीहरुले अहिले सम्म रसियन आक्रमणले गर्दा देश छोडिसकेका छन् जसलाई युएनले दोश्रो विश्व युद्ध पछिको ठूलो शरणार्थी समस्या बताएको छ ।
वर्तमानमा द्धन्द्धको कारणले भागेका व्यक्तिहरु जसको युकेमा पारिवारिक सम्बन्ध छ, तिनीहरु मात्र युक्रेनियन परिवारको योजना मार्फत आवेदन दिन सक्षम भएका छन् । अरु भिसा पनि उपलब्ध छ तर युक्रेनमा आवेदन दिने केन्द्र बन्द छन् ।
नयाँ योजना अन्तर्गत युकेका स्पोन्सरहरुलाई पहिल्यै शरणार्थीहरुलाई चिनेको हुनु पर्दैछ र यो माध्यमबाट आउनलाई संख्यामा कुनै पनि सीमा हुनेछैन । तिनीहरुलाई तीन वर्ष बस्नको लागि समय दिइनेछ, साथै काम गर्ने अधिकार र पब्लिक सेवामा पनि पहुँच हुनेछ ।
मिस्टर गोभले बीबीसीलाई भने कि तिनले आशा गरेका छन् कि दशौं हजार युक्रेनीहरुलाई युकेका परिवारले अपनाउनेछन् र उनी आशा गर्दछन् कि एक हप्ता भित्र युद्धबाट पलायन भएका नागरिकहरुले यस योजनाबाट फाइदा उठाउन सक्नेछन् ।