युक्रेनमा रुसी आक्रमणपछि बोरिस जोन्सनले के भने?

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

काठमाडौँ – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो सबैभन्दा खराब डर सत्यका रूपमा सावित भएको बताएका छन् । उनले भने, ‘रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपमा युद्ध सुरु गरेका छन्। उनका अनुसार पुटिनले मित्रराष्ट्रमा कुनै विश्वसनीय बहानाबिना आक्रमण गरेका छन् ।’

निर्दोष जनतामाथि बम वर्षा भइरहेको उनले बताए। प्रधानमन्त्री जोन्सनले भने, ‘हावा, समुद्रबाट तथा जमिनबाट ठूलो आक्रमण भइरहेको छ, यो कुनै टाढाको देश होइन जसबारे हामीलाई थोरै थाहा छ ।’

स्वतन्त्रतालाई कुण्ठित हुन दिन नसकिने उनको भनाइ छ। उनले भने, ‘युक्रेन युरोपको दोस्रो ठूलो देश हो। दशकौंदेखि स्वतन्त्रता र प्रजातन्त्रको आनन्द लिने देश हो ।’

प्रधानमन्त्री जोनसनका अनुसार युक्रेनलाई सहयोग गर्न युरोपमा रक्षात्मक हतियार पठाउने बेलायत पहिलो देश हो । ‘रुसी अर्थतन्त्रलाई अवरोध गर्न समयमै डिजाइन गरिएको आर्थिक प्रतिबन्धको ठूलो प्याकेजमा सहमत हुनेछौं,’ जोन्सनले भने ।

उनले थपे, ‘युरोपले पनि सामूहिक रूपमा तेल र ग्यासको निर्भरता बन्द गर्नुपर्छ जसले पुटिनलाई युरोपमा आफ्नो पक्कड दिएको छ ।’

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us