युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच हतियार सहयोगका बिषयमा वार्ता

३ वर्षs अगाडि

रासस/सिन्हवा

blank

तस्बिर : रोयटर्स


युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच सहयोगका बिषयमा फोनवार्ता भएको छ । जेलेन्स्कीले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी दिएका हुन् ।

उनले बुधबार भने, ‘हामीले बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेका छौँ र यतिखेर युक्रेनमाथि भएको रुसी हमलाका बिरुद्धमा आवश्यक सहयोगका बारेमा हामीले छलफल गरेका छौँ ।’ युक्रेनका राष्ट्रपति जेलिन्स्किीले बिहीबार हुन लागेको ग्रुप अफ ७ को बैठक अगाडि नै बेलायतले युक्रेनलाई केही सहयोग गर्ने विषयमा बेलायती प्रधानमन्त्री जोनसनले जानकारी गराएको बताए ।

यसअघि नै बेलायतका प्रधानमन्त्री जोनसनले पनि युक्रेनलाई आवश्यक सहयोग उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गरेका थिए । उनले ट्वीट गरेर युक्रेनलाई बचाउनका लागि विश्व समुदायले उसलाई सैन्य सहयोग उपलब्ध गराउनु आवश्यक रहेको पनि प्रधानमन्त्री जोनसनले विश्व समुदायलाई आग्रह पनि गरेका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us