भारतले गर्‍याे ब्यालिस्टिक मिसाइल ‘प्रलय’को सफल परीक्षण

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
Photo: swadeshnews

भारतले ब्यालिस्टिक मिसाइल ‘प्रलय’ को सफल परीक्षण गरेकाे छ । रक्षा, अनुसन्धान र विकास संगठन (डीआरडीओ)ले नयाँ पिँढीको सतहदेखि सतहमा हिर्काउन सक्ने कम दूरत्वको ब्यालेस्टिक मिसाइल ‘प्रलय’को पहिलो उडान परीक्षण बुधबार बिहान लगभग साढे दश बजे ओडिशा तटको कलाम द्वीपबाट गरेको हाे ।

यो मिसाइल १५० देखि ५०० किलोमिटरबीच लक्ष्यमा सटिक प्रहार गर्न सक्षम छ। मिसनले आफ्ना सबै उद्देश्यहरू पूरा गरेको छ। यस अवधिमा निगरानी उपकरणहरूको माध्यमद्वारा तट रेखादेखि यसको प्रक्षेपणको निगरानीसम्म गरियो । डीआरडीओअनुसार मिसाइलले वाञ्छित अर्ध ब्यालेस्टिक प्रक्षेपवक्रको अनुसरण गरेर नियन्त्रण, मार्गदर्शन र मिसन एल्गोरिदमलाई मान्य गर्दै उच्च डिग्री सटिकताको साथमा निर्दिष्ट लक्ष्यलाई निशाना बनायो ।

मिसाइलका सबै उपप्रणालीहरूले पनि सन्तोषजनक प्रदर्शन गऱ्यो। डाउन रेन्जका जहाजहरूसहित पूर्वी तटमा प्रभाव बिन्दुकाे छेउमा तैनात सबै सेन्सरले मिसाइल प्रेक्षेपवक्रलाई ट्र्याक गऱ्यो र सबै घटनाहरूलाई क्याप्टर गऱ्यो । मिसाल ठोस प्रणोदक रकेट मोटर र थुप्रै नयॉं प्रविधिहरूद्वारा सञ्चालित छन्। मिसाइलको रेन्ज १५० देखि ५०० किलोमिटर रहेको छ र यसलाई मोबाइल लन्चरले लन्च गर्न सकिन्छ ।

मिसाइल मार्गदर्शन प्रणालीमा अत्याधुनिक नेविगेशन प्रणाली र एकीकृत एवियोनिक्स सामेल छन्। सतहदेखि सतहमा हिर्काउन समक्ष यो मिसाइल ५००-१००० किलोग्रामको भार वहन गर्न सक्षम छ ।

रक्षामन्त्री राजनाथ सिंहले विकास उड़ान परीक्षणको निम्ति डीआरडीओ र सम्बन्धित टिमहरूलाई बधाई दिएका छन्। उनले द्रुत गतिमा विकास र सतहदेखि सतहमा हिर्काउन सक्षम आधुनिक मिसाइलको सफल प्रक्षेपणको निम्ति डीआरडीओको सराहना समेत गरे।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us