भारतका दुई ठुला टेलिभिजन नेटवर्क सोनी र जीबीच मर्जर
काठमाडौँ । भारतका दुई ठुला मनोरन्जन क्षेत्रका कम्पनि सोनी पिक्चर्स र जी इन्टरटेनमेन्टबीच मर्जर भएको छ । सोनीको भारतीय शाखा, विभिन्न जापानी कम्पनीहरूको समूहले आफ्नो स्थानीय प्रतिद्वन्द्वीसँग सम्झौता गरेको हो ।
जी इन्टरटेनमेन्टसँगको यो सम्झौतापछि यो देशकै दोस्रो ठूलो मनोरञ्जन नेटवर्क बनेको छ ।
मंगलबार भएको सम्झौता अनुसार अब ७५ भन्दा बढी टिभि च्यानल, फिल्म राइट्स र दुई स्ट्रिमिङ प्लेटफर्म एउटै नेटवर्कमा आउने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
यसलाई भारतमा द्रुत रूपमा बढ्दो मनोरञ्जन उद्योगमा प्रमुख भूमिकामा लिइएको महत्त्वपूर्ण कदमको रुपमा हेरिएको छ । यससँगै यो नेटवर्क अब वाल्ट डिज्नीको हटस्टार जस्ता प्रतिद्वन्द्वीहरूलाई प्रतिस्पर्धा गर्न र चुनौती दिन तयार देखिएको छ ।
भारतमा ९० करोडभन्दा बढी टिभी दर्शकहरू रहेका छन् भने ८०० भन्दा बढी टिभि च्यानलहरू रहेको बाट नै यस उद्योगको सम्भावना बुझ्न सकिन्छ । नाटक, खेलकुद, रियालिटी शो वा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू यी ८०० च्यानलहरूमा प्रायः सबै प्रकारका कार्यक्रमहरू देखाइने गरिएको छ ।
मंगलबार दुबै कम्पनीको यो मर्जरको घोषणासँगै मर्जरपछि बनेको नयाँ कम्पनीमा सोनी पिक्चर्स नेटवर्क्स इन्डियाको करिब ५१ प्रतिशत शेयर रहने निर्णय पनि भएको छ ।
जीईका सीईओ पुनीत गोयन्का मर्जरपछि बनेको नयाँ कम्पनीको प्रमुख हुनेछन् । गोयन्काले यो सम्झौतालाई निकै महत्वपूर्ण कोसेढुङ्गाको रुपमा व्याख्या गरेका छन् । सम्झौता पछि एक विज्ञप्ति जारी गर्दै गोयन्काले मर्जपछिको यो नयाँ कम्पनीले मनोरञ्जन व्यवसायलाई थप विस्तार गर्ने र उपभोक्ताहरूलाई सामग्री विकल्पहरूको फराकिलो दायरा प्रदान गर्न सक्षम बनाउने बताएका छन् ।
यी दुबै कम्पनीहरू वर्षौंदेखि भारतमा रहेका छन् र जी५ र सोनीलिभ स्ट्रिमिङ प्लेटफर्मका मालिक पनि हुन् । सोनी र जी टिभी भारतका प्रमुख लोकप्रिय च्यानलहरू हुन् र तिनीहरूको आफ्नै ठूलो टिभी फलोअरहरू रहेका छन् ।
सोनीसँग जी मर्ज भइसकेपछि जी नेटवर्क विदेशी कम्पनी बनेको छ र यसले ठूलो प्लेटफर्म पनि पाएको विश्लेषण गरिएको छ । जी नेटवर्कका लगानीकर्ताले अब मर्जरपछि ३.९९ प्रतिशत हिस्सेदारी पाउने भएका छन् भने उनीहरुलाई बजारबाट बढीमा २० प्रतिशतसम्म हिस्सेदारी पुर्याउन सक्न्ने प्रावधान राखिएको बताइएको छ ।
पछिल्ला केही वर्षहरूमा, नेटफ्लिक्स, अमेजन प्राइम भिडियो र हट स्टार जस्ता धेरै स्ट्रिमिङ प्लेटफर्महरू बीच प्रतिस्पर्धा बढेको छ । सोनी र जीबीचको यो सम्झौतासँगै यो प्रतिस्पर्धा अझै बढ्ने विज्ञहरुको विश्वास छ ।