भरत क्षेत्रीको सकृयतामा बेलायतमा पृथ्वी जयन्ती निरन्तर
लन्डन । बेलायतस्थित नेपाली समुदायले राष्ट्रपिता पृथ्वी नारायण शाहको ३ सय औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मंगलबार भर्चुअल रुपमा मनाएका छन् । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले रहेक बर्ष मनाउदै आएको पृथ्वी जयन्ती यस पटक कोभिड संक्रमणका कारण भर्चुअल रुपमा विशेष कार्यक्रम गरी राष्ट्र निर्माता पृथ्वीनारायण शाह प्रति सम्मान व्यक्त गरेको हो । भौतिक उपस्थितिमा मनाउदै आएको कार्यक्रम यसपटक भर्चुअल गरिएको थियो ।
आयोजक संगठनका संस्थापक अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले पृथ्वी नारायण शाहको योगदानको चर्चा गरे । कार्यक्रममा विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनाल, प्राध्यापक तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी र नागरिक समूहका अध्यक्ष निगम हुमागाईले पनि उनका राज्य संचालनका दिव्य उपदेशहरु अझै पनि सान्दर्भिक रहेको बताए । उनीहरुले नेपाल राष्ट्रको एकिकरणकर्ता शाहको योगदानलाई कुनै पनि आग्रह बिना स्मरण गरिनुपर्ने जनाए ।
कार्यक्रममा चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), हन्स्लोका मेयर विष्णु गुरुङ, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक अध्यक्ष सुरेशजंग शाह, यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी केसीलगायतले शाहको योगदानको चर्चा गरेका थिए ।
भर्चुअल कार्यक्रममा समाजसेवी बुद्धिजिवी शिवजी श्रेष्ठ, साहित्यकार गोपी सापकोटा, एनआरएनए यूकेका पूर्व महासचिव फडिन्द्र भट्टराई, नेपाल प्रहरीका पूर्व डिएसपी तथा पत्रकार बाचस्पति रेग्मी, नेपाली वेलफेयर सोसाइटी यूके अध्यक्ष धनबहादुर सार्की, खगेन्द्र पाठक, व्यवसायी कृष्णजंग साह, गोर्खाली समाज यूकेका अध्यक्ष कर्ण बहादुर दर्लामी मगर, साहित्यकार हरिसिंह थापा, समाजसेवी साहित्यकार रेसम अर्याल, तमुधिं लण्डन इकाईका पूर्वअध्यक्ष तथा सल्लाहकार डेभिड गुरुङ, ठकुरी समाज यूकेका अध्यक्ष रामराजा मल्लसहितका महानुभावले शाहका राम्रा कामको चर्चा गरेका थिए ।
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका संस्थापक अध्यक्ष क्षेत्रीले उपस्थित प्रमुख अतिथि तथा अतिथिहरुको स्वागत गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गरेको थिए । उनले पृथ्वी जयन्तीका दिन विशेष कार्यक्रम गरिदै आएको र आगामी दिनमा पनि निरन्तर जारी राख्ने जानकारी दिए ।
एक लाख रुपैयाँको पुरस्कार डा केसीलाई
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका तर्फबाट संस्थापक अध्यक्ष भरत क्षेत्रीले पृथ्वी पुरस्कार घोषणा गरेका छन् ।
हरेक वर्ष एक जनालाई प्रदान गर्ने गरी घोषित एक लाख रुपैँया राशीको पुरस्कार पहिलो वर्ष प्राध्यापक डा सुरेन्द्र केसीलाई प्रदान गरिने घोषणा संस्थापक क्षेत्रीले गरे ।
नेपालमा एक समारोह आयोजना गरी डा. केसीलाई पुरस्कार प्रदान गरिने अध्यक्ष क्षेत्रीले जानकारी दिए।