ब्रिटिश गोरखाहरुलाई १४० प्रतिशत पेन्सन दिइने
लण्डन । बेलायत सरकारले ब्रिटिश सेनामा काम गरेका गोरखाहरुलाई भारतीय गोरखा सैनिकले पाउने पेन्सनको १४० प्रतिशत मात्र पेन्सन दिने निर्णय गरेको छ ।
बेलायती रक्षा मन्त्रालयले पेन्सन योजनाका बारेमा आएका सुझावहरु समेट्दै बिहिबार उक्त निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार गोरखा पेन्सन योजनामा रहेका गोरखाहरुलाई सन् २०१६ जनवरी १ देखि सो पेन्सन दिइने उल्लेख छ । उक्त बृद्धि रकम कम्तीमा १० प्रतिशत हुनेछ ।
ब्रिटिश गोरखाहरुलाई सन् २००० मा प्रतिवद्धता गरेअनुसार भारतीय गोरखाहरुले पाउने पेन्सनको २०० प्रतिशत दिन नसकिने भन्दै १४० प्रतिशतको प्रस्ताव गरिएको थियो ।
डिसेम्बर २०२० मा बेलायती रक्षा मन्त्रालयले सो प्रस्ताव तथा अन्य वैकल्पिक प्रस्तावहरुमाथि सरोकारवालाहरुसित १२ साता परामर्श गरेको थियो ।
मन्त्रालयले अहिले व्यवस्था गरिएको १४० प्रतिशत पेन्सनको प्रावधानले सन् २०२० सम्ममा भारतीय गोरखाहरुको पेन्सनको तुलनामा कम्तीमा १६० देखि २०० प्रतिशतसम्म ब्रिटिश गोरखाहरुको पेन्सन बढ्ने बताइन्छ ।
रक्षा मन्त्रालयतको निर्णय