बोरिस जोनसन थप दबाबमा, टिमका सदस्यले धमाधम राजीनामा दिँदै

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
Photo: Google

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका टीमका सदस्यहरुले ‘पार्टीगेट’ प्रकरणपछि धमाधम राजीनामा दिएका छन् ।

आफ्नो टिमका सदस्यहरुले राजीनामा दिएपछि जोनसनमाथि दबाब बढेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् । पछिल्लो पटक जोनसनका नीति सल्लाहकार एलीना नारोजास्कीले राजीनामा दिएकी छन् । यस अघि प्रधानमन्त्री आवासका चार वरिष्ठ कर्मचारीले राजीनामा दिएका थिए ।

राजीनामाका बीच शुक्रबार प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो टीमसँग परिवर्तन राम्रो भएको बताए ।

जोनसन आफ्नो प्रधानमन्त्री पद जोगाउन लगातार संघर्ष गरिरहेका छन् । लकडाउनका क्रममा प्रधानमन्त्री निवासमा भएको पार्टीमा सहभागी भएको विषयलाई लिएर कन्जर्वेटिभ पार्टीका सांसद उनलाई पदबाट हटाइने छ या छैन भन्नेबारे बहस गरिरहेका छन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us