बेलायती महारानी समक्ष आज राजदूत आचार्यले ओहोदाको प्रमाण पत्र बुझाउँदै
राजदुतावासमा रिसेप्सन
लन्डन । संयुक्त अधिराज्यका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बिहीबार बेलायती महारानीसमक्ष भर्चुअल रुपमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउदै छन् । आज बिहीबार मध्यान्ह बकिङहम प्यालेस पुगेर राजदूत आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम रहेको दूतावासका प्रवक्ता रोशन खनालले बताएकी हुन् ।
कोरोना संक्रमणका कारण भर्चुअल रुपमा गरिने कार्यक्रममा महारानी विन्डसोर क्यासलस्थित निवासबाट सहभागी हुनेछिन्।
बेलायती परम्पराअनुसार ओहोदाको प्रमाणपत्र पेश गर्न जानुअघि बकिङहम प्यालेसबाट राजदूत आचार्यलाई लिन दूतावाससम्म बग्गी पठाउने प्रचलन छ ।
बकिङहम प्यालेसको उक्त छोटो समारोह लगत्तै राजदूत आचार्यले लन्डनस्थित दूतावासमा एक रिसेप्सन आयोजना गरिने दूतावासले जनायो । उक्त रिसेप्सनमा बेलायत सरकारका अधिकारी, बेलायतस्थित विभिन्न मुलुकका कूटनीतिज्ञ र नेपाली समाजका अगुवाहरु सम्मिलित हुनेछन् ।
राजदूतआचार्यले गत फेब्रुअरी २३ मा बेलायतका लागि नेपाली राजदूतका रुपमा आफ्नो पदबहाली गरेका थिए ।