बेलायती प्रधानमन्त्री जोन्सनले जोगाए कुर्सी, उनको पक्षमा २११ सांसद

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


लण्डन । बेलायत प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार साँझ भएको मतदानमा विश्वासको मत पाउन सफल भएका छन् । कन्जरभेटिभ पार्टीका ५४ जना सांसदहरुले राजीनामा गर्दै अविश्वास प्रस्ताव राखेपछि प्रधानमन्त्री जोन्सनले सोमबार विश्वासको मत लिएका हुन् । बीबीसीका अनुसार उनलाई २ सय ११ जनाले विश्वासको मत दिएका थिए भने विपक्षमा १ सय ४८ जनाले मतदान गरेका थिए ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले बनाएको स्वास्थ्य मापदण्ड विपरीत आफ्नै निवासमा भोज गरेपछि छानविनमा उनी दोषी ठहरिएका थिए । जसका कारण उनी माथि पद छाड्न चर्को दवाव परेको थियो । कोरोना महामारीका बेला मापदण्ड उल्लङ्घन गरेको र भोज आयोजना गरेको विषयमा जोन्सन पटक पटक माफी मागिसकेका छन् ।
कन्जरभेटिभ पार्टीमा तीन सय ५९ जना सांसद छन् । अव उनी विरुद्ध एक वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइने छैन ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us