बेलायतस्थित नेपाली दुतावासबाट एक महिनामै इ-पासपोर्ट

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


लन्डन । बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले एक महिना भित्रै विद्युतीय राहदानी (इ पासपोर्ट) उपलब्ध गराउन थालेको छ । गत ३ मार्चदेखि शुरु गरेको विद्युतीय राहदानी (इ पासपोर्ट) लिन सेवाग्राहीलाई लामो समय कुर्नु पर्ने बाध्यतालाई घटाउदै एक महिना भित्र उपलब्ध गराउन थालेहो हो । हस्तलिखित पासपोर्ट र मेशिन रिडेबल पासपोर्ट(एमआरपी)लाई रिप्लेस गरि लण्डनस्थित द्रुत गतिमा सेवाग्राहीलाई सेवा दिइरहेको दुतावासका प्रवक्ता रोशन खनाल बताउँछिन् । उनकाअनुसार दुतावासले अनलाइन मार्फत फारम रुजु गरेर सिधै परराष्ट्र मन्त्रालय राहदानी विभागको सिस्टममा आवेदन जाने भएकाले काम सजिलो र छिटो हुन्छ ।
दैनिक करीव दुईदेखि तीन दर्जनसम्म आवेदन आइरहेको जानकारी उनले दिइन् । ‘इ पोसपोर्टका लागि धेरै लाइन नबसि सजिलै काम गर्न हाललाई अत्यावश्यक भएकाहरुलाई मात्र लिन अनुरोध गरेका थियौ । बेलायतस्थित नेपालीहरुले हाम्रो अनुरोधलाई स्वीकार गरि सहज बनाइदिनु भयो’, दुतावासकी उपनियोग प्रमुख खनालले भनिन्, ‘अत्यावश्यक पासपोर्ट बनाउनको संख्या कम हुन थाल्ने वित्तिकै हामी सबैलाई आव्हान गर्दै जाने नीतिमा रहेका छौं ।’

इ पासपोर्ट लिन प्रि इनरोलमेन्ट फाराम भरि आवश्यक कागजात अपलोड गरिसकेपछि बायोमेट्रिक र हस्ताक्षर (लाइभ इनरोलमेन्ट) का लागि प्रत्यक्ष रुपमा तोकिएको मिति र समयमा दूतावास उपस्थित हुनुपर्छ । ‘प्राविधिक ज्ञान कम हुनेका लागि दुतावासका कर्मचारहिरुले फारम भरि सहयोग गरिरहेका छौ,’ उनले भनीन् ‘सबै जना दुतावासमै फारम भर्छु भनेर आउनु भयो भने सेवाग्राहीले समयमा सेवा पाउन मुस्किल पर्छ । त्यसैले तपाईहरु नजिक वा समुदायका अगुवाहरुको सहयोग लिएर फारम भरि आउनु भयो भने छिटो र छरितो काम हुन्छ ।’

विद्युतीय राहदानी ३४ र ६६ पृष्ठका हुन्छन् भने दस्तुर ३४ पेजका लागि एमआरपीकै सरह ११० पाउण्ड तोकिएको छ ।

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को अवधि रहेसम्म त्यही प्रयोग गर्न मिल्ने भएकाले इ पासपोर्टका लागि हतारिएरआवेदन नगर्न दुतावासले अनुरोध गरेको छ । नेपालमा गत नोभेम्बर तेश्रो सातादेखि नै विद्युतीय राहदानी वितरण गर्न थालिएको थियो ।

विद्युतीय राहदानी एमआरपीभन्दा विश्वव्यापी रुपमा थप गुणस्तरिय, भरपर्दो, सुरक्षित र अन्तर्राष्ट्रियस्तरमा बढी प्रयोगमा आइरहेको राहदानी मानिन्छ । इ–पासपोर्टको डेटापेज पोलिकार्वोनेट, चिप्समा बायोग्राफिक डेटा र विभिन्न सुरक्षा विशेषता संग्रहित हुन्छ ।

विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरण हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन् । यो हालसम्म संसारमा विभिन्न मुलुकमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ ।

आइकाओ पिकेडीमार्फत सूचनाहरु रुजु हुने हुँदा यो राहदानी विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुने विश्वास परराष्ट्र मन्त्रालय राहदानी विभागको छ ।
परराष्ट्रमन्त्री डा। नारायण खड्काले गत नोभेम्बर तेश्रो साता संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गरेर यसको उद्घाटन गरेका थिए ।
विदेशस्थित नेपाली नियोगबाट विद्युतीय राहदानी जारी भैरहेको छ ।

११ वर्षअघिसम्म हस्तलिखित राहदानी प्रयोग गर्ने नेपाल त्यसपछि एमआरपी हुँदै अब इ–पासपोर्ट प्रयोग गर्ने देशमा रुपान्तरण भएको छ ।

https://uk.nepalembassy.gov.np/passport/इ पासपोर्ट भर्न यो लिंकमा क्लिक गर्नुहोस

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us