एनआरएनए इंग्ल्याण्ड राज्य परिषद् द्वारा काउन्टी काउन्सिल गठन तीब्र
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युके इंग्ल्याण्ड राज्य समन्वय परिषद्ले नौ सदस्यीय काउन्टी काउन्सिल गठन गरेको छ । जसमा संयोजक गोपाल अधिकारी, सचिव धन गुरुङ र ७ सदस्यहरुमा खेम गुरुङ, कविराज शर्मा, नेत्र खरेल, श्रीमति कृष्णा गुरुङ, रिषी भण्डारी, श्रीमति कृष्णा भट्टराई र बब गुरुङ छन ।
उक्त कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको नव निर्वाचित अध्यक्ष गोपाल अधिकारीले बताए । कार्यक्रममा स्थानीय सांसद डेनियल कार्डेनको उपस्थिति रहेको थियो ।
सेन र इंग्ल्याण्ड राज्य समन्वय परिषद् लालबहादुर गुरुङले काउन्सिलका संयोजक अधिकारीसहितका कार्यसमितिलाई टिमलाई टिका लगाई खादा लगाएर स्वागत गरेका थिए ।
सचिव पन्थीले नेपाली नयाँ बर्षको शुभकामना दिदै काउन्टी काउन्सिल गठनका लिभरपुल आएको बताए । उक्त काउन्टी गठनका लागि गोपाल अधिकारीका संंयोजकत्वमा ९ सदस्यीय कार्यसमिति बनाएको उनले जानकारी दिए । उक्त क्षेत्रको नाम लिभरपुल मेर्सी राखिएको छ ।