बेलायतमा घर खरीद गर्नेलाई ब्याज दरमा थप बृद्धि हुदै

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

तस्बिर : रोयटर्स


लण्डन । बैंक अफ इङ्गल्याण्डले बिहीबार ब्याज दरहरूमा बृद्धि गर्ने तयारी गरेको छ । बैंकले लगातार छैटौं पटक ब्याज बढाउने अपेक्षा गरिएको बीबीसीले जनाएको हो ।

घर जग्गामा हाल भएको ब्याज दर १.२५ प्रतिशतमा रहेको छ, तर केन्द्रीय बैंकले यसलाई १.७५ प्रतिशत सम्म बढाउन सक्ने बताइएको छ । पछिल्लो ब्याजदर बृद्धि डिसेम्बर २००८ पछिको सबै भन्दा उच्चतम अवस्था हो । ब्याज दर बृद्धि लगत्तै बैंकले यो वर्षको अन्त्यमा मुद्रास्फीर्ति ११ प्रतिशत पुग्न सक्ने चेतावनी दिएको छ ।

कोभिड प्रतिबन्धहरू सहज हुने र उपभोक्ताहरूले बढी खर्च गर्ने भएकाले विश्वव्यापी रूपमा मूल्यहरू तिब्र रूपमा बढिरहेका छन्।

धेरै कम्पनीहरूलाई बिक्री गर्न पर्याप्त सामानहरू पाउन समस्या छ। युक्रेन र रुसको युद्धका कारणले विश्वभरको आर्थिक अवस्थामा तरलता आएको बताइन्छ । युरोपमा जारी पछिल्लो युद्धले तेल र ग्यासको लागतमा पनि धेरै तीव्र वृद्धि भएको छ भने सामान्य जीवन यापनका लागि कठिनाई हुदै गइरहेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us