बेलायतमा कोभिड नियम हटाउने निर्णय बहादुरी हो कि मुर्खता ?

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
Photo: BBC

बेलायतमा कोभिड सम्बन्धी प्रतिबन्धहरु केही हप्ताभित्र हट्नेछ । यस किसिमको निर्णयले धेरै विज्ञहरुलाई आश्चर्यमा पारेको छ, यो मुर्खता हो कि बहादुरी । यस किसिमको कदम चाल्नुमा के कुनै राजनीतिक उद्देश्य छ । अहिलेको डाटाहरुमा पनि पोजिटिभ केसहरु प्रशस्तै छन् । ओमिक्रानको केसहरु धेरै आएपनि मृत्यु चाहिं धेरै भएको छैन ।

नयाँ उपचारको पद्धति र ठूलो जनसंख्यामा भ्याक्सिेनेसन र संक्रमणको कारणले आएको इम्युनिटीले भाइरसबाट हुने जोखिम पक्कै पनि कम भैरहेको छ । अरु देशहरुले पनि सेल्फ आइसोलेसन सम्बन्धी नियमहरुलाई खुकुलो गराउँदै आएका छन् । उदाहरणको लागि डेनमार्कमा यदि मानिसहरुमा कुनै लक्षण छ भने मात्रै घरमा बस्नुपर्दछ । जेभएपनि अझै पनि सावधानी अपनाउनुपर्ने जरुरी छ । संक्रमणको स्तर उच्च नै छ । राष्ट्रिय तथ्याकंकको अफिसका अनुसार यो फेरि पनि बढ्न सक्दछ, गएको हप्ता बेलायतमा १९ जना मध्ये एक जना पोजिटिभ देखिएको थियो ।

ओमिक्रोनको सब भेरियन्ट BA 2, साउथ अफ्रिकामा भेटिएको भर्सनभन्दा अझ बढी संक्रामक भएको पाइएको छ । BA 2 ६ संक्रमणमा एउटामा पाइने गरेको छ जुन निरन्तर बढ्दै गैरहेको छ । यो एउटा कारण हुन सक्दछ जसमा प्रो. पाल हन्टर, इस्ट एन्जीला विश्वविद्यालयका संक्रामक रोगका एउटा विशेषज्ञ सेल्फ आइसोलेसन सम्बन्धी घोषणाले आश्चर्यमा परेका छन् । उनका अनुसार, “केही ठाउँको हेर्दा सबै प्रतिबन्धहरुलाई हटाउनु जसमा सेल्फ आइसोलेट पनि पर्दछ ठीक होला, यद्यपि यो महिनाभित्र हुन सक्दछ जस्तो मलाई लागेको छैन ।” प्रो. हन्टर संक्रमण र यसको सब भेरियन्टको अवस्थालाई हेरेर केही समय पर्खन उचित ठान्दछन् ।

रिडिङ विश्वविद्यालयका डा. सिमन क्लार्क भन्दछन् यो कदम बहादुरी वा मुर्खता हो र यसको प्रभाव के पर्दछ कसैलाई थाहा छैन । केहीले मानिसहरु काममा फर्कन दबाब महशुस गरेका छन् ।

यो एकदमै ध्यान दिनुपर्ने कुरा छ कि संक्रमण भएका प्रत्येक व्यक्तिले आफूलाई आइसोलेसनमा राखेनन् । यो विन्टरमा संक्रमण भएका सबै व्यक्तिहरु मध्ये आधाको मात्र टेस्ट भयो, त्यसैले चरम अवस्थामा अनुमानित २००,००० व्यक्तिहरुलाई प्रत्येक दिन संक्रमण भएका मध्येलाई औपचारिक रुपमा आइसोलेट हुन भनिएन । ओएनएसको अनुसार पोजिटिभ भएका पाँच जना मध्ये एक जनाले आइसोलेसनको प्रक्रियालाई पूर्णतया पालना गरेनन् । (बीबीसी रिपोर्ट)

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us