बेलायतमा ओमिक्रोनबाट पहिलो मृत्यु
३ वर्षs अगाडि
डायस्पोरा नेपाल
काठमाडौँ । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबात पहिलो मृत्यु भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोनबात बेलायतमा पहिलो मृत्यु भएको जानकारी दिएका हुन् ।
बेलायतको पेडिंगटनस्थित एक अस्पताल भ्रमणको क्रममा प्रधानमन्त्री जोन्सनले ओमिक्रोनले अस्पतालमा छाप बढेको जानकारी गराउदै कम्तिमा एक जनाको अहिलेसम्म ओमिक्रोनबात मृत्यु भएको बताए । उनले कोरोनाविरुद्धको खोपको बुस्टर डोज लगाउन पनि अपिल गरेका छन् ।
सोमबार मात्र बेलायतका स्वास्थ्यमन्त्री साजिद जाभिदले ओमिक्रोनको संक्रमण भएका १० जना अस्पताल भर्ना भएको जानकारी दिएका थिए ।