बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर
काठमाडौं । बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । जसले लन्डन र क्यानबेराबीचको ब्रेक्सिट पछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ।
‘बेलायतले अष्ट्रेलियासँग ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । इयु छाडेपछिको हाम्रो पहिलो, डिजिटल र सेवाहरूमा नयाँ विश्वव्यापी मापदण्डहरू नयार गर्ने र बेलायत र अस्ट्रेलियाका लागि नयाँ काम र यात्रा अवसरहरू सिर्जना गर्ने यसको उद्देश्य हो’, विभागले विज्ञप्तिमार्फत जनाएको छ । जुन महिनामा दुई देशका प्रधानमन्त्रीबीच सम्झौताका लागि सहमति भएको थियो र दस्तावेजका सबै अध्यायलाई अन्तिम रूप दिइसकेको छ।
‘अन्तर्राष्ट्रिय व्यापार सचिव एनी-मारी ट्रेभल्यानले बिहीबार राति भर्चुअल समारोहमा अन्तिम सम्झौतामा हस्ताक्षर गरेर अब संसद्मा प्रस्तुत गरिने विज्ञप्तिमा जनाएका छन् ।
बेलायतले २०२० मा युरोपेली संघबाट बाहिरिने प्रक्रिया पूरा गरी अब अन्य देशहरूसँगको व्यापारिक सम्बन्धलाई नयाँ आकार दिइरहेको छ।
नयाँ सम्झौताले बेलायत(अष्ट्रेलियाको व्यापारलाई करिब १०.४ बिलियन पाउण्ड (USD 13.8 बिलियन) ले वृद्धि गर्ने र बेलायतको निर्यातमा लाग्ने शुल्कलाई पूर्ण रूपमा हटाउने अपेक्षा गरिएको छ।