बेलायतकी महारानीलाई मार्न गएका सिख युवक धनुषसहित पक्राउ

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank
Photo: Dcnepal

काठमाडौँ । क्रिसमसको दिन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको हत्या गर्न एक सिख रानीको दरबारमा प्रवेश गरेका थिए ।

१९ बर्षिय युवकले सन् १९१९ को जलियावाला बाग हत्याकाण्डको बदला लिन महारानीलाई मार्न चाहेको बताएका छन् । प्रहरीले हतियारसहित अभियुक्तलाई पक्राउ गरेको छ । बेलायती अखबार डेली मेलका अनुसार १९ वर्षीय युवकको नाम जसवन्त सिंह खैल हो । क्रिसमसको दिन घटेको यो घटनाको जानकारी अहिले बाहिर आएको हो ।

क्रिसमसको दिन सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमा जसवन्तले भनेका छन्– मैले जे गरे र गरिरहनेछु, त्यसका लागि म माफी चाहन्छु । म शाही परिवारकी रानी एलिजाबेथलाई मार्ने प्रयास गर्नेछु। यो सन् १९१९ को जलियावाला बाग हत्याकाण्डमा मारिएकाहरुको बदला हो । जातका कारण मारिएका वा अपमानित भएकाहरूको बदला पनि हो । म एक भारतीय सिख हुँ। मेरो नाम जसवंत सिंह खैल थियो, मेरो नाम डार्थ जोन्स हो ।’

स्कटल्याण्ड यार्डले भिडियोबारे अनुसन्धान भइरहेको जनाएको छ । महारानीलाई मार्न अभियुक्त अनौठो हुडी र मास्क लगाएर दरबार भित्र पसेका थिए । सीसीटीभी फुटेजमा उनी भित्तामा चढेको देखाइएको छ । उनको हातमा धनुष पनि थियो । प्रहरीले मानसिक स्वास्थ्य ऐन अन्तर्गत अभियुक्तलाई पक्राउ गरेको छ ।

भिडियोमा अभियुक्तले लगाएको मास्क हलिउड फिल्म स्टार वार्सबाट प्रेरित देखिन्छ । भिडियोको पृष्ठभूमिमा स्टार वार्सका पात्र डार्थ मालगसको तस्वीर देखिन्छ । साथै साथीहरूलाई पठाएको सन्देशमा मैले गल्ती गरेको वा झुट बोलेको भए सबैसँग माफी माग्छु भनेका छन् ।

के भएको थियो जलियाँवाला बागमा ?

१९१९ को अप्रिल १३ को बैसाखीको दिन, जनरल डायरले अमृतसरको जलियाँवाला बागमा रोलेट एक्टको विरुद्धमा भेला भएका हजारौं मानिसहरूलाई गोली हानेका थिए । उक्त गोलीकाण्डमा एक हजारभन्दा बढीको मृत्यु भएको थियो । जसमा महिला, पुरुष र बालबालिका समावेश थिए । साथै १२ सयभन्दा बढी घाइते भएका थिए । सयौं महिला, वृद्धवृद्धा र बालबालिका आफ्नो ज्यान जोगाउन त्यहाँ बनाइएको इनारमा हाम फालेर ज्यान गुमाएका थिए ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us