बेलायतका नेपाली समुदाय नयाँ बर्ष २०७९ मा रमाउदै

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank


लण्डन । बेलायतस्थित नेपाली संघसंस्थाहरुले आ आफ्नै ढंगले नेपाली नयाँ बर्ष २०७९ सालको शुभकामना आदान प्रदान गरेका छन । गत आइतबार र सोमबार नर्दन आयरल्याण्ड नेपाली समाज, स्कटल्याण्ड, वेल्सको कार्डिफसहितका इंग्ल्याण्डभित्रका दर्जनौ संघसंस्थाहरुले नेपाली नयाँ बर्षको कार्यक्रम मनाएका हुन् ।
इंग्ल्याण्डभित्र डाटफोर्ड नेपाली समाज, पिटरवरो नेपाली समाज र नेपाली सांस्कृतिक समाज युकेलगायतले नयाँ बर्षको उपलक्ष्यमा विविध सांस्कृतिक कार्यक्रमसहित शुभकामना आदान प्रदान गरेका थिए । डाटफोर्ड नेपाली समाजले नेपाली नयाँ बर्ष २०७९ सालको शुभकामना आदान प्रदान गरेको छ । डाटफोर्डस्थित नेपालीहरुले विदेशमा बसेर नेपाली नयाँ बर्षलाई स्वागत तथा शुभकामना आदान प्रदान गरेका थिए । अध्यक्ष लेखनाथ खरेलका अनुसार कार्यक्रममा स्थानीय नेताहरुसहित डाटफोर्डबासी नेपालीले शुभकामना आदान प्रदान गरे भने नयाँ पुस्ताका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

यसैवीच, बेलायतस्थित नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले पनि बेलायतवासी नेपाली र माल्टावासी नेपालीलाई नयाँ बर्षको शुभकामना दिएका छन ।

Image


त्यस्तै, पिटरवरोबाट प्रतिनिधित्व गर्ने सांसद पाउल ब्रिस्टोको प्रमुख आतिथ्यमा नयॉवर्ष शुभकामना साँझ भएको थियो। समाजका अध्यक्ष हरिहर भट्टराईले नेपालबाट टाढा भएपनि नेपालीपन संग जोड्न खालको कार्यक्रम गर्दै आएको जानकारी दिए । उनले यसक्षेत्रका नेपालीहरुले उत्साहपुर्वक कार्यक्रममा सहभागीता जनाएकोमा उत्साहित भएको बताए ।


यसैवीच, चाल्र्टन नेपाली समाजले लोक गायिका अस्मिा डल्लाकोटी र लोक दोहोरी गायक विशाल रायमाझीको उपस्थितिमा कार्यक्रम मनाउने तयारी गरेको छ । समाजका उपाध्यक्ष प्रकाश कंडेलका अनुसार आगामी आइतबार नेपाली नयाँ बर्षको कार्यक्रम गर्न लागिएकाले दक्षिण पुर्वमा बस्ने सबै नेपालीलाई निमन्त्रणा गरिएको बताए । उनका अनुसार कार्यक्रमको विशेष आकषर्णका रुपमा दोहोरी गायिका डल्लाकोटी र गायक रायमाझीसहित स्थानीय कलाकार रहनेछन ।

blank
blank
blank
blank
Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us