प्रा. डा. सुवेदीलाई  हल विश्वविद्यालयको महाविद्यावारिधि

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

लण्डन । लण्डन । बेलायतको विश्वविद्यालयमा भएको दिक्षान्त समारोह बीच विश्वविद्यालयले प्रा.डा. सुर्य प्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ ।
प्रा. सुवेदीलाई दुई बर्ष अघि नै सन् २०२० मा उक्त विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभिडको कारणले दिक्षान्त समारोह हुन सकेको थिएन । हालै सम्पन्न भएको दिक्षान्त समारोहमा सुवेदीले उक्त उपाधि लिएका हुन् ।
उक्त विश्वविद्यालयका व्यारोनेस भर्जिनिया बटमलिले प्रा. सुवेदीलाई महाविद्यावारिधिको उपाधि प्रदान गरेकी थिइन् । उनले प्रा. सुवेदीको सम्मानमा एक रात्री भोजको आयोजना समेत गरेकी थिइन् ।

प्रा. सुवेदीले सन् १९८८मा उक्त विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथम भै कानुनमा स्नातकोत्तर गरेका थिए । हालै मात्र उक्त विश्वविद्यालयले प्रा.सुवेदीको नाममा आधुनिक प्रकारका दास प्रथा उन्मुलन र मानवको मानव भएर बाच्न पाउने बिषयमा संसारमा जोसुकैले लेखेको उत्कृष्ट ग्रन्थलाई प्रदान गरिने बार्षिक पुरस्कार परिस्थापना गरेको छ ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us