पिटरबरोमा जीवन बिज्ञानको योगा सम्पन्न
पिटरबरो । पिटरबरो नेपाली समाजले स्थानीय स्टाफफोर्ड हलमा योगा कार्यक्रम आयोजना गरेको छ । शनिवार जीवन बिज्ञान युकेका प्रशिक्षक सरिता शर्माद्वारा पिटरबरोस्थित स्थानीयहरुलाई योगा सिकाएकी हुन् ।
योगा कार्यक्रममा जीवन बिज्ञान युकेका प्रशिक्षक शर्माले योग जीवन र ध्यानको बारेमा सहभागीहरुलाई जानकारी गराएकी थिइन् । उनले मानव जिवनमा योगा र ध्यानको महत्त्वका बारेमा प्रवचन समेत दिइन् । प्रशिक्षणमा करीव ४५ जनाको सहभागीता रहेको थियो ।
समाजका अध्यक्ष हरिहर भट्टराईले समाजको निमन्त्रणालाई स्वीकार गरि पिटरबरोसम्म आएर सहभागीहरुलाई योगा प्रशिक्षण गराएकोमा जीवन बिज्ञानका योगगुरु सरिता शर्मालाई समाजको तर्फबाट धन्यवाद दिए ।
समाजसेवी किरण कार्कीले योगा र ध्यानको महत्त्वलाई बुझेर यसको सहि अनुशरण गरेमा यसबाट धेरै फाईदा हुने कुरा बताए । समाजका महासचिव कृष्ण लुइँटेलले सम्पुर्ण दिदीवहिनी र दाजुभाईहरुको भावनालाई कदर गर्दै समाजले रचनात्मक कार्यक्रमहरुलाई निरंतरता दिने जानकारी दिए । योगा कार्यक्रममा सहभागीहरुको तर्फबाट कार्यक्रममा सहभागी शुस्मा बास्तोलाले योगा कार्यक्रममा सहभागी हुँदा आंफुलाई भएको अनुभवको बारेमा प्रकाश पारे ।
करीब तीन घन्टासम्म चलेको कार्यकमको योगा प्रशिक्षक सरिता शर्मा र समाजका अध्यक्ष हरिहर भट्टराईले संयुक्त रुपमा पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए । कार्यक्रमको सुरुमा योगा कार्यक्रमका संयोजक कपिल खड्काले सहभागी सबैलाई स्वागत गरेका थिए ।