परराष्ट्रको पत्र पाएपछि प्रमुख संरक्षक शेष घले कानुनी परामर्शमा

३ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank
blank

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रमुख संरक्षक डा. शेष घलेले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेट गरेका छन । एनआरएनएको १० औ महाधिवेशनक गराउन परराष्ट्र मन्त्रालयले पत्रसहित जिम्मेवारी दिएगत्तै बेलायतबाट काठमाडौं उत्रिएका घलेले प्रधानमन्त्री देउवा सँग भेट गरेका हुन् ।
यसअघि डा. घलेले संरक्षक परिषद्को बैठक बोलाएर एनआरएनए भित्रको विवाद, परराष्ट्र मन्त्रालयको पत्र र आगामी दिनमा सुरु गरेका थिए । संरक्षक परिषद् बैठकले सामान्य छलफल मात्रै गरेपनि परराष्ट्र मन्त्रालयबाट पत्रका आधारमा कानुनी परामर्श सुरु गरेको स्रोतले बताएको छ । एक दुई भित्र कानुनी परामर्श गरेपछि एनआरएनए भित्र देखिएको डेलिगेट्स विवाद र निर्वाचन कार्यतालिकाका बारेमा तत्काल परामर्श गर्ने तयारीमा डा. घले रहेको बैठकमा सहभागी एक जनाले बताए । संरक्षक परिषद्सहितका पुर्व अध्यक्षहरु छन ।


परराष्ट्र मन्त्रालयको पत्रका आधारमा पद मुक्त भएका एनआरएनए अध्यक्ष कुमार पन्तसँग नेतृत्व स्थापित गर्न कानुनी विकल्प मात्र बाँकी रहेको छ । सरकारी पत्रका आधारमा डा. घले अघि बढे त्यसलाई रोक्न अदालतको निर्णय आवश्यक पर्छ । त्यसका लागि अध्यक्ष पन्तले पनि अदालत जाने बताउँदै आएका छन । तर, परराष्ट्रको निर्णयलाई चुनौति दिन औपचारिक रुपमा अदालतमा मुद्दा दर्ता गराएका छैनन् ।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us