नेपाली वेलफेयर सोसाइटी युके अध्यक्षमा पुन : धन सार्की
लण्डन । नेपाली वेलफेयर सोसाइटी यूकेको दोस्रो अधिवेशनले धनबहादुर सार्कीलाई नै पुन अध्यक्षमा निर्वाचित गरेको छ ।
गत शनिवार डिसेम्बर ४ का दिन क्रेन विथ एण्ड एसोसिएसन द क्रेन सेन्टर हेएजमा सम्पन्न दोस्रो अधिवेशनले सार्कीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
उपाध्यक्षमा तेजेन्द्र गुरुङ, महासचिव शम्सेर नेपाली, सचिव बुद्धि बहादुर रुचाल, कोषाध्यक्ष धबिन्द्र बौडेल, सहकोषाध्यक्ष किरण नेपाली तथा सदस्यहरुमा सन्जय नेपाली, आशादेवी रोका र इलिजा बसेल नेपाली चयन भएका छन् ।
नयाँ कार्यसमिति चयन गर्न गोपाल रोका, उदि नेपाली र बुद्धि बहादुर नेपाली सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो । प्रमुख निर्वाचन आयुक्त गोपाल रोकाले नयाँ कार्यसमितिलाई चयन भएको घोषणा गर्दै शपथ खुवाएका थिए ।
सोसाइटीले कोरोना संक्रमणका समयमा नेपालभर मानविय कार्य गरेको थियो । नेपालका २१ जिल्लामा हजारौं नेपालीहरुलाई करोडौं मूल्य बराबरको खाद्य तथा आवास सामग्री वितरण गरेको यस संस्थाले ‘बाँचौं र बचाऔं अभियान’ सञ्चालन गरेको थियो । अध्यक्ष सार्कीले आगामी दिनमा संस्थाले थप मानविय कार्यहरु गर्ने प्रतिवबद्धता जनाए ।