नेपाली जनसम्पर्क समिति बेलायत सभापतिमा मेरो उम्मेदवारी रहन्छ : नेतृ कोपिला सुब्वा
लण्डन । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायतको सभापति पदमा कोपिला सुब्वाले उम्मेदवारी दिने भएकी छिन । आगामी नोभेम्बर २७ शनिवारका दिन हुने नेपाली जनसम्पर्क समिति (एनपीसीसी युके)को पाँचौ अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएकी हुन् ।
विधि विधान र पद्धतिको पालना गर्दै सामुहिक रुपमा नेपाली जनसम्पर्क समितिको नेतृत्व गर्न आफु तयार भएको बताउदै नेतृ सुब्वाले कांग्रेस पार्टीले लिएको समाजवादी सिद्धान्तलाई विदेशबाट सहयोग सहयोग गर्ने प्रतिवद्धता मतदाता समक्ष गरेकी छिन । बेलायतस्थित संघसंस्था सँग हातेमालो गर्दै अघि बढन तयार रहेको उनको भनाई छ । जनसम्पर्क समितिलाई विश्वासिलो र भरपर्दो संगठनका रुपमा विकास गर्न आफ्नो नेतृत्व आवश्यक रहेको सुब्वाको दावी छ ।
पाँच दिनेमा हुने पाँचौ अधिवेशनमा सभापतिको प्रत्यासी बन्न लागेकी सुब्वाले निर्वाचित भएमा कांग्रेस पार्टीले लिएको लक्ष्यलाई पुरा गर्न विदेशबाट सहयोग गर्ने बताइएकी छिन । आफुलाई नैतिक र इमान्दार महिला नेतृको रुपमा प्रस्तुत गर्दै सुब्वाले एनपीसीसी युकेको नेतृत्व लिन तयार रहेकाले सहयोग लागि मतदाता समक्ष अपिल गरेकी छिन । ”मलाई सभापति पदमा मत दिई बिजयी गराईदिनु हुन सम्पूर्ण अग्रज, मेरो साथीहरु तथा मतदाता समक्ष निबेदन गर्दछु”, उनले अपिलमा भनेकी छिन ।
यसैबिच, एनपीसीसी युकेका अध्यक्ष युवराज गुरुङले सामाजिक संजालमा नेपाली कांग्रेसका क्रियाशील सदस्य साथीहरू, नेपाली कांग्रेसका साधारण सदस्य साथीहरू ,नेपाली जनसम्पर्क समिति यूकेका सम्पूर्ण कार्यसमितिका साथीहरु , सल्लाहकार ज्युहरू तथा केन्द्रीय सभाका सम्पूर्ण साथीहरू यही नोभेम्बर २७ का दिन शनिवार हुन गइरहेको एनपिसीसी यूकेको पाँचौ ऐतिहासिक अधिवेशन उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन ।