नेपाली ओपन कन्सर्टमा गायक प्रकाश सपुत अनुपस्थित, आयोजकद्वारा क्षमा याचना

२ वर्षs अगाडि

डायस्पोरा नेपाल

blank

लन्डन । मगर एसोसिएसन युकेको आयोजनामा हुने ओपन कन्सर्टमा गायक प्रकाश सपुत अनुपस्थित भएका छन । कोभिडका कारण रोकिएको नेपाली ओपन कन्सर्टको चौधौं संस्करण शनिबार बेलायतमा सपुत अनुपस्थित भएका हुन् ।
मगर एशोसिएसन यूकेको आयोजनामा फार्नबरोस्थित फार्नबरो फुटबल क्लबमा सम्पन्न कार्यक्रममा एक दर्जनले सांगीतिक प्रस्तुती दिएपनि चर्चित कलाकार प्रकाश सपुत ल्याउने प्रतिबद्धता आयोजकले पुरा गर्न सकेनन् । पत्रकार सम्मेलनमा प्रतिबद्धता गरिएअनुसार आयोजकले चर्चित गायक प्रकाश सपूत र भूपेन्द्र थापा भने विशेष कारणले उपस्थित हुन नसकेको जानकारी गराउंदै उपस्थित माँझ आयोजकले क्षमा याचना गरे।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली ओपन कन्सर्टले संगीतमार्फत् बेलायतमा नेपाली कला, संस्कृतिको जगेर्नामा सहयोग पुर्‍याइरहेको धारणा व्यक्त गरे । त्यस्तै, रश्मोर बरोका मेयर जोन मार्सले नेपालीहरु मौलिक संगीत र संस्कृतिको प्रशंसा गरे ।
कार्यक्रमको अध्यक्षता गरेकी मगर एशोसिएसन यूकेकी अध्यक्ष सीता पुर्जा पुनले आफ्नो संस्थाले बेलायतमा नेपाली संगीत, कला, संस्कृतिको प्रवर्द्धनलाई प्राथमिकता दिएको बताइन् । कन्सर्टका प्रमुख संयोजक लालबहादुर पुनले उपस्थितलार्य स्वागत गरेका थिए । कार्यक्रमको संचालन महासचिव गुमानसिंह थापाले गरेका थिए ।
उक्त अवसरमा नेपालबाट आएका एलिना गुरुङ, तारा श्रीष, शान्तिरानी परियार, अनुपा थापा मगर, रेशम निर्दोष, हेमन्त रसाइली, अस्मिता डल्लाकोटी, विमला श्रीष, विशाल रायमाझीसहितकाले सांगीतिक प्रस्तुति गरे । मोडल रीना थापा, बेलायतस्थित मिफरंग समूह लगायतले आकर्षक नृत्यहरु देखाए।
सांस्कृतिक कार्यक्रम सञ्चालन मनसुदन थापा, रुपा राना, सरु राना गुरुङ, दीपक मैथाने थापा, जानकी रोका, सुस्मिता थापालगायतले गरेका थिए।

Logo
DiasporaNepal.Com
77 Cooks Spinney, Harlow Essex, United Kingdom CM20 3BL

Follows Us